तारा एयरको जहाज सम्पर्क विहीन, दुुर्घटनामा परेकाे आशंका
पोखरा, १५ जेठ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।
जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्यो । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।
जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका पत्रकार सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।
काठमाडौं,८ फागुन । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । जिल्ला प्रहरी कार्यालय, दोलेखाका...
Read More
पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा, पोखरा–१५ ले प्रकाशन गरेको नयाँवर्ष २०८३ को भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोखरा १५ कोलपाटन स्थित कोलपाटन...
Read More
काठमाडौँ, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति...
Read More
काठमाडौं, ०२ चैत । तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
Read More