तारा एयरको जहाज सम्पर्क विहीन, दुुर्घटनामा परेकाे आशंका
पोखरा, १५ जेठ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।
जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्यो । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।
जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका पत्रकार सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।
भाद्र ५,पोखरा पोखरा फोटोग्राफर संघले सन्चालन गरेको तेस्रो पोखरा फोटोग्राफी अवार्ड शनिबार एक कार्यक्रमका बिच वितरण गरेको छ । संस्थाको ४१ औं साधारणसभा तथा अधिवेशनको अवसरमा विभिन्न विधामा अवार्ड...
Read More
पोखरा, ९ असार । नेपाल फोटोपत्रकार संघ ९एनपीजेए० कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते ९शुक्रबार०...
Read More
पोखरा , फागुन संघीय संसदका सदस्य विद्या भट्टराइृले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने वताउनु भएको छ । पोखरा १६ अर्मलामा रहेको अन्नपुर्ण मा.विको नवनिर्मित चार कोठे...
Read More
कार्तिक २४, पोखरा । नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको...
Read More