फागुन ४ गते २०८१
पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
आइतबार, ४ फागुन २०८१
पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो। जसमा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुख, विष्फोटक पदार्थ सम्बन्धि विज्ञ सम्मिलित छन्। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई सदस्य सचिवसमेत तोकिएको छ।
घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन्। उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ। प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ।