हेमजा २८ साउन हेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ । पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुगेको थियो ।
हनुमानचोकबाट पुन तिब्बतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको हो । हेमजा नेवाः खलले गाईजात्राका साथमा तायमचा नृत्य पनिप्रस्तुत गरेको थियो । गत साल मृत्यु भएका नेवारी समुदायका ९ जना मृत आत्माको स्मृति तथा पितृकार्यको लागि गाईजात्रा निकालिएको हो । नेवार समुदायमा मृत्यु भएका व्यक्तिहरुको सम्झनामा पितृ कार्य गर्ने आफनो पुर्खा देखि कै परम्परागत संस्कृति भएकाले केही वर्ष अगाडीबाट गाईजात्रा सुरु गरिएको हेमजा नेवा खलका अध्यक्ष मिनबहादुर श्रेष्ठले हामीलाइ जानकारी दिए । हेमजामा निकालिएको जात्रामा नेवारी समृुदायका झण्डै १ सय परिवार र अन्य जाति वर्ग विशेष पनि सहभागी भएका थिए।
नेवारी समुदायमा गाईजात्राको दिन विशेष गरीकन मृत्यु भएका व्यक्तिको परिवारजन बाट पितृको सम्झनामा डोको , पराल, निगालो, बाँस, चौरीको पुच्छर कपडा लगायत विभिन्न सामाग्रीको प्रयोग बाट गाई बनाइ जात्रा निकाल्ने परम्परा पुर्खौ देखि निरन्तर रुपमा चलिरहेको छ ।
काठमाडौं, ४ माघ । सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा ती मुद्दामाथि सुनुवाइ हुन लागेको हो ।...
Read More
कार्तिक, १४ पोखरा । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ । सेमिफाइनलमा भारतलाई पेनाल्टी...
Read More
हेमजा, भाद्र १२ । कास्की पोखरा महानगरपालिका वडा न २५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा...
Read More
पोखरा ९, भदौकमल पौडेल अथकस्याङ्जाली सम्पर्क सदन पोखराद्वारा विहीवार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको छ । सदनले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका...
Read More