श्रावण ३१ गते २०८३
कलश सहकारीको कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न
पोखरा, ३० साउन ।
कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारीको कार्यक्षमता, सकारात्मक सोच, व्यवहार तथा जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा सहजकर्ता सन्जयकुमार मल्लले “सकारात्मक सोच र जीवनशैली” विषयमा सहजीकरण गरेका थिए । मल्लले सकारात्मक सोच भनेको समस्या नभएको अवस्था नभई समस्या र चुनौतीबीच पनि समाधान खोज्ने दृष्टिकोण भएको बताए । उनले व्यक्तिगत जीवनसँगै कार्यस्थलमा सकारात्मक सोच, सकारात्मक बोली, सकारात्मक व्यवहार र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।
उनले सकारात्मक वातावरण, अनुशासन, असल सम्बन्ध, आत्मविश्वास र निरन्तर सिकाइलाई सफल जीवन तथा पेशागत विकासका आधारका रूपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुदिप अधिकारीले सकारात्मक सोच र व्यवहार कर्मचारीको व्यक्तिगत विकाससँगै संस्थाको संस्कार निर्माणका लागि पनि महत्वपूर्ण हुने बताए । उनले कर्मचारीले आफ्नो कामलाई केवल जिम्मेवारीका रूपमा मात्र नभई संस्था, सेवाग्राही र समाजप्रतिको योगदानका रूपमा बुझ्न सके कार्यप्रतिको उत्साह र उत्पादकत्व बढ्ने बताए।
संस्थाका कोषाध्यक्ष एकराज गिरीले सकारात्मक सोचलाई व्यवहारमा उतार्न सके कार्यस्थलमा आपसी विश्वास, सहकार्य र सेवाको गुणस्तर बढ्ने बताए । उनले आर्थिक संस्थामा काम गर्ने कर्मचारीमा जिम्मेवारी, इमानदारी र सकारात्मक व्यवहार अझ महत्वपूर्ण हुने उल्लेख गरे।
त्यस्तै, संस्थाकी व्यवस्थापक बिनिता अधिकारीले सकारात्मक कार्य वातावरण निर्माण गर्न कर्मचारीबीच आपसी सम्मान, सहयोग र खुला संवाद आवश्यक रहेको बताइन् । कार्यक्रममा संस्थाको कर्मचारीहरु झरना तिवारी, मनिषा तिवारी, आयुष घर्ति, यशोदा तिवारी, विष्णुमाया गिरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सकारात्मक सोच, कार्यप्रतिको दृष्टिकोण, व्यवहार, सहकार्य, अनुशासन तथा व्यक्तिगत जीवनशैलीका विषयमा अन्तरक्रिया र प्रेरणादायी प्रसंगसमेत प्रस्तुत गरिएको थियो।