हेमजा २८ साउन हेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ । पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुगेको थियो ।
हनुमानचोकबाट पुन तिब्बतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको हो । हेमजा नेवाः खलले गाईजात्राका साथमा तायमचा नृत्य पनिप्रस्तुत गरेको थियो । गत साल मृत्यु भएका नेवारी समुदायका ९ जना मृत आत्माको स्मृति तथा पितृकार्यको लागि गाईजात्रा निकालिएको हो । नेवार समुदायमा मृत्यु भएका व्यक्तिहरुको सम्झनामा पितृ कार्य गर्ने आफनो पुर्खा देखि कै परम्परागत संस्कृति भएकाले केही वर्ष अगाडीबाट गाईजात्रा सुरु गरिएको हेमजा नेवा खलका अध्यक्ष मिनबहादुर श्रेष्ठले हामीलाइ जानकारी दिए । हेमजामा निकालिएको जात्रामा नेवारी समृुदायका झण्डै १ सय परिवार र अन्य जाति वर्ग विशेष पनि सहभागी भएका थिए।
नेवारी समुदायमा गाईजात्राको दिन विशेष गरीकन मृत्यु भएका व्यक्तिको परिवारजन बाट पितृको सम्झनामा डोको , पराल, निगालो, बाँस, चौरीको पुच्छर कपडा लगायत विभिन्न सामाग्रीको प्रयोग बाट गाई बनाइ जात्रा निकाल्ने परम्परा पुर्खौ देखि निरन्तर रुपमा चलिरहेको छ ।
कमल पौडेल अथक पोखरा २०, माघ स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिववहादुर थापा चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न १४ औं अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति...
Read More
रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको २९ औं वार्षिक साधरण सभा कार्यक्रम २०८० भाद्र ८ गते होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका...
Read More
रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका...
Read More
पोखरा,९ असोज । नेपाली काँग्रेस कास्कीले स्व. नेता भोजबहादुर गुरुङ सिकन्दरको १३ औं दिनको पुुण्य तिथिमा आज श्रद्वाञ्जली सभा गरेको छ । कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ता,शुुभेच्छुक, आफन्त र...
Read More