हेमजा २८ साउन हेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ । पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुगेको थियो ।
हनुमानचोकबाट पुन तिब्बतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको हो । हेमजा नेवाः खलले गाईजात्राका साथमा तायमचा नृत्य पनिप्रस्तुत गरेको थियो । गत साल मृत्यु भएका नेवारी समुदायका ९ जना मृत आत्माको स्मृति तथा पितृकार्यको लागि गाईजात्रा निकालिएको हो । नेवार समुदायमा मृत्यु भएका व्यक्तिहरुको सम्झनामा पितृ कार्य गर्ने आफनो पुर्खा देखि कै परम्परागत संस्कृति भएकाले केही वर्ष अगाडीबाट गाईजात्रा सुरु गरिएको हेमजा नेवा खलका अध्यक्ष मिनबहादुर श्रेष्ठले हामीलाइ जानकारी दिए । हेमजामा निकालिएको जात्रामा नेवारी समृुदायका झण्डै १ सय परिवार र अन्य जाति वर्ग विशेष पनि सहभागी भएका थिए।
नेवारी समुदायमा गाईजात्राको दिन विशेष गरीकन मृत्यु भएका व्यक्तिको परिवारजन बाट पितृको सम्झनामा डोको , पराल, निगालो, बाँस, चौरीको पुच्छर कपडा लगायत विभिन्न सामाग्रीको प्रयोग बाट गाई बनाइ जात्रा निकाल्ने परम्परा पुर्खौ देखि निरन्तर रुपमा चलिरहेको छ ।
१७ फागुन,पोखरापोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । हस्पिटल सुरु भएको...
Read More
पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको...
Read More
काठमाण्डौ, ११ माघ ।निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय...
Read More
काठमाडौं, ३० जेठ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा...
Read More