कार्तिक ३० गते २०७८

पोखरामा विप्लवले आव्हान गरेको नेपाल वन्दको असर, दुई कार्यकर्ता पक्राउ


पोखरा ३०, कार्तिक
कमल पौडेल अथक
नेकपा विप्लवले बुधवार आव्हान गरेको नेपाल वन्दको असर पोखरामा विहानैदेखि परेको छ ।
बन्दको क्रममा पोखराको छोरेपाटनवाट २ जना कार्यकर्ता पक्राऊ परेका हुन् । पक्राउ पर्नेहरुमा सो पार्टीका जिल्ला कार्यालय सचिव काजी गुरुङ, पीएन इकाई उपाध्यक्ष युवराज मगर रहेको कास्की जिल्ला इन्चार्ज उमा बुझेलले जानकारी दिएकी छन् । बन्दको विरिुद्धमा टायर वालेर प्रदर्शन गर्दा विहान ५ वजे उनीहरु पक्राउ परेको उनले बताइन् ।
नेपाल आयाल निगमले गरेको अस्वाभाविक इन्धनको मूल्य वृद्धि तथा अन्य खाद्यवस्तुको मूल्य बृद्धि विरुद्ध नेपाल वन्दको आव्हान गरेको सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनताको जनजीविकालाई चटक्कै भूलेर वर्तमान गठवन्धन सरकार र नेपाल आयल निगमले इन्धनको मूल्य वढाएर बोनस र कमिशन खाने प्रपञ्च रचेको सो पार्टीले जनाएको छ ।
आम सर्वहारा जनताको ढाडसेक्ने गरी गरिएको मूल्य वृद्धि कुनै हालतमा स्वीकार गर्न नसक्ने सो पार्टीले जनाएको छ ।
यसैवीच वन्दको पूर्व सन्ध्यामा हिजो साँझ सो पार्टीले देशै भर मसाल जुलुस निकालेका खवरहरु प्राप्त भएका छन् । बन्दकर्ताहरुले पोखराको लेखनाथ गोगनगौडा र छोरेपाटनमा पनि साँझ मसाल जुलुस निकालेका थिए । दलाल र नोकरशाहीहरुले संञ्चालन गरेको सरकार जनमुखी नभएको भन्दै उनीहरुले अहिलेको व्यवस्था नै परिवर्तन गर्नु आवस्यक भएको वताएका छन् ।
आज विहानै पनि वन्दकर्ताहरुले पोखराका विभिन्न स्थानमा टायरवालेर प्रदर्शन गरेका छन् । कास्कीको पोखरामा विहानैदेखि वन्दको असर देखिएको छ । पोखराका चोकमा चोकमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
बन्दको समयमा प्रेसका साधन, एम्वुलेन्स, खानेपानी, दूध लगायतका गाडी सुचारु रहने वताईएको छ । बन्द विहान ५ वजेदेखि साँझ ५ वजेसम्म रहने नेकपा विप्लवका कास्की जिल्ला इन्चार्ज उमा भूजेलले जानकारी दिएकी छन् ।
साथै सो पार्टीले बढाइएको मूल्य फिर्ता नलिदासम्म संघर्षका कार्यक्रम जारी राख्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।