पौष २३ गते २०७८
काठमाडौंमा कोठाभित्र मृत भेटिए युवा-युवती
काठमाडौं,२३ पुस ।
काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्।
गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थिए।
प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए। उनीहरू केही दिनदेखि लिभिङ टुगेदर बसेका थिए।
वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०(२२ दिन मात्रै भएको थियो। उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो।