वैशाख १३ गते २०८१

मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित

१३ बैशाख ,काठमाडौं
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपाल लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपीजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो ।
खेलमा बंगलादेशको तर्फबाट जाकिर हुसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बूले २ र दिवाकर सेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपीजे नेपालले आयोजना गरेको हो ।  फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समूहका अध्यक्ष प्रदीपराज वन्तले दिए ।

नारायणगञ्ज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रका साथै मायाको चिनो साटासाट गरिएको थियो । कार्यक्रम सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् ९राखेप०, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारी, प्रिन्टिङ एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सूज, एन्फा एकेडेमी, नेपाल एयरहोस्टेज, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाले साथ दिएका थिए ।