भाद्र २२ गते २०८०

पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट

भाद्र , पोखरा
फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार कास्कीका रोहीत गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार पाएका छन् ।
फोटोग्राफर संघ गण्डकीकोे पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित समारोहमा फोटोग्राफर संघ गण्डकीले नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार बितरण गरेको थियोे । १८४ औ बिश्व फोटोग्राफी दिवशको अवसरमा घोषणा भएको नेचर एण्ड लेण्डस्केप फोटोप्रतियोगिताका ५० फोटोग्राफरहरुका १५० फोटोहरु संलग्न भएका थिए । प्रतियोगितामा संलग्न फोटोहरुमध्येबाट रोहित गिरीको फोटो सर्वोकृष्ठ ठहरिएकोले रु १० हजार राशीको पुरस्कार प्राप्त गरेका थिए । अन्य ५ जना उत्कृष्ठ छनोटमा परेकाहरुलाई नगद रु २ हजारको दरले नगदपुरस्कार, प्रमाणपत्र तथा ट्रफिले सम्मान गरिएको थियो । मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कारकालागि प्रतिपर्धामा आएका १५० फोटोग्राफरहरुका १२ सय फोटोहरुबाट ६ फोटोहरुलाई छनोट गरिएको थियो ।

यस बैबाहिक फोटो तर्फ पर्वतका बिजय शर्माको फोटो सर्वोउत्कृष्ठ ठहरीएको छ भने उनले रु १५ हजार ५५५ राशीको पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य ५ जना उत्कृष्ठमा परेकाहरुलाई पुरस्कार सहित प्रमाणपत्र र ट्रफिले सम्मान गरिएको थियो ।फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी प्रतियोगिताका ५ बिधाका उत्कृष्ठहरुमा बेष्ट मोभमेन्ट क्याप्चर देबेन्द्र भण्डारी(कास्की) ,कलर एण्ड रिटचीड. निरोज भण्डारी(चितवन)बेष्ट कल्चर फोटोमा साहिल तिवारी(कास्की) बेष्ट ब्राइडल हेडसट दिवश बराल (कास्की) बेष्ट कपल पोजिड. पुरन थापा (कास्की),रहेका थिए भने सवोत्कृष्ट फोटो पर्वतका बिजय शर्माको रहेको थियो।

मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरी प्रत्येक महिना ६ जना फोटोग्राफरहरुको बेष्ट फोटो छानिन्छ जसमा बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट, बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता बर्ष भरिनै चलिरहेको र प्रत्येक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने गरीन्छ । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिताका लागी मिराज फोटोका संचालक भक्त तामाङ बृहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेका छन उक्त अक्षयकोष वाट यो प्रतियोगिता संचालन हुंदै आएको कुरा कोषाध्यक्ष जीवन ढुंगानाले बताएका छन् ।


यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको थियो । नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्ने तर देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिएका थिए । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद ट्रफि र प्रमाणपत्र र उत्कृष्ट ५ तस्विरलाई नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए नेचर एण्ड ल्याण्डस्केप बिधामा पोखराको फोटो जेनिथले प्रायोजन गरेको थियो।नेचर एण्ड लेण्डस्केपमा उत्कृष्ठ ५ हरु मध्य प्रेम श्रेष्ठ, सजिनमणी पौडेल, अनिल कार्की बव साई र राकेश गुरुड.रहेका थिए भने सर्बोत्कृष्ट रोहीत गिरीको फोटो रहेको थियो ।


कार्यक्रममा पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन गरिएको थियो । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो पुस्तकको बिमोचनको कार्यक्रम राखेको थियो । पोखराको शिक्षा क्षेत्रका ज्योती  जर्ज जोनबाट बिमोचित सो पुस्तक लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफर बिश्वरत्न शाक्यको ३२ औ कृति हो । शाक्यले आफुले निकालेको किताव ५०० प्रति फोटोग्राफर संघ गण्डकीलाई हस्तान्तरण गर्दै किताव बेचेर आएको रकम फोटोग्राफरहरुको दक्षता,क्षमता तथा हौसला प्रदान गर्नका लागी रु.४ लाख को अक्षयकोष स्थापना गरी कार्यहरु गर्न हौसला स्वरुप प्रदान  गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी शिक्षाबिद जर्ज जोन ले आफुले २०१७ साल तिर देखेको पोखरा र त्यसैताका पोखराको फोटोग्राफीलाई नजिकबाट हेर्नुको साथै केही प्राबिधिक ज्ञानको सरसहयोग गरेको प्रसंग उल्लेख गर्दै फोटोग्राफी विकासमा संघ संस्थाको अहम भुमिका रहेने कुरा उल्लेख गरेका थिए ।कार्यक्रममा कृतीका लेखक र उहाको कृतीबारे पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले चर्चा गरेका थिए । कृतीका लेखक बिश्वरत्न शाक्यले कोभिडको बिषम परिस्थितीमा घर भित्रमात्र रहनुपर्ने बाध्यता बिच रचना तयार गरेर पोखराको फोटोग्राफी र समग्र आफ्नो फोटोग्राफी जिवनयात्राबारे पुस्तक मार्फत बाहिर आएको उल्लेख गरेका थिए । कृतिका लेखक बिश्वरत्न शाक्यले सो पुस्तकको बिक्री बाट आउने रु ४ लाख बराबरको अक्षयकोष फोटोग्राफर संघ गण्डकीलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।


फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण बहादुर केसीले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले कार्यक्रममा शुभकामना सन्देश दिदै फोटोग्राफर संघ गण्डकीले आफ्नो पेशागत साथिहरु बिच फोटोप्रतियोगिता मार्फत दक्षताबृद्धिका बिबिध कार्यक्रम गरेर फोटोग्राफरको हित गरेको बताईन । । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोबिन्द सुबेदी, कैलाश बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष षडानन्द अधिकारी, काठमाण्डौ फोटोग्राफर संघका अध्यक्ष दिगम्बर राजबंशी, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल , मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी अवार्डको अक्षयकोषदाता भक्त तामाड., लगायतले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुबाट जिल्ला संयोजक तथा प्रतिनिधीहरु उपस्थित रहेका थिए । पुरस्कृत ब्यक्तित्वको तर्फबाट बिजय शर्मा ले आफ्नो मन्तब्य राखेका थिए भने जुरीको तर्फबाट कृष्णमणी बराल आफ्नो भनाइ राखेका थिए । फोटोग्राफर संघ गण्डकीका सचिव तुलसीराम सुबेदीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको सभापतित्वमा भएको थियो ।