मंसिर २८ गते २०७८

सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

मंसिर २८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ ।

दोस्रो चरणमा शेरबहादु देउवा र डा. शेखरकोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।

अन्तिम मतपरिणाम अनुसार सभापति पदका उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

अन्तिम नतिजाअनुसार शेरबहादुर देउवाले २२५८, डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका छन् । सभापतिका लागि देउवालाई ८२ मत नपुगेको हो ।