प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा मन्त्रिपरिषद्लाई पूर्णता
२२ असोज काठमाडौं सत्तारुढ गठबन्धनमा सहभागी दलहरूलाई समेटेर प्रधानमन्त्रीले देउवाले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानुन, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महेन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामसहायप्रसाद यादव वन तथा वातावरण , कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार र महेश्वर जङ्ग गहतराज युवा तथा खेलकुद मन्त्री भएका छन् ।
यसैगरी गजेन्द्र हमाललाई उद्योग मन्त्रालय, भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान...
Read More
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा...
Read More
काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस...
Read More
पोखरा,१५ पुष । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई...
Read More