जेठ १ गते २०७९

धनराजको अग्रता कायमै, २५ को गणना गर्ने तयारी


१ जेष्ठ,पोखरा
पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे का छन। राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत प्राप्त गरेका छन ।

यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनका कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ६५ मत प्राप्त गरिन् । मेयर र उपमेयर दुवैमा गठबन्धन ८१ मतले अघि रहेका छन् । उप प्रमुखमा राप्रपाकी रञ्जना सेनले १ सय ६५ मत प्राप्त गरिन् ।
अहिले वडा १,२,१२,२३ र २४ को मतगणना भइरहेको छ भने २५ को मत गणना सुरु हुन लागिरहेको छ ।