भाद्र २३ गते २०७६

रामेश्वर कृषि सहकारीमा डिल्लीराम भट्टराई

पोखरा १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधव आचार्य, सहसचिवमा विष्णुप्रसाद बराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यमा डिल्लीराम शर्मा पौडेल, इन्द्रा खत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी र सीताराम गौतम छन् ।

कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले सेयर सदस्यको सहकार्यबाट सहकारीको उन्नति सम्भव भएकाले योजना बनाएर उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा संस्थाका सल्लाहकार लीलाप्रसाद पंगेनी, विरुवा साकोस अध्यक्ष चित्रराज बराल, पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, अभियान्ता शुस्मा पौडेल, जिल्ला सहकारी संघ सञ्चालक नवराज बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीहरु, उत्कृष्ट कारोबार गर्ने सावित्रीकुमारी शर्मा बराल, भगवतीदेवी रेग्मी, पवित्रा सुवेदी भण्डारी, तारानाथ आचार्य र तोयानाथ पौडेल र उत्कृष्ट कर्मचारी तिलक आचार्यलाई सम्मान गरिएको छ । सभामा सबै ३ सय ३५ जना सेयर सदस्यलाई कृषि औजार तथा तरकारीका बिउ विजन वितरण गरिएको थियो ।

सभाले अध्यक्ष लक्ष्मण पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष माधव आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक अग्निधर पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल्लीराम भट्टराई, सचिव शालिकराम भण्डारी र शिक्षा उपसमिति संयोजक भोजराज आचार्यले बोलेका थिए ।