फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न (फोटो फिचर)
२५ पौष, नवलपुर गण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा नवलप’रमा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा अनलाइन् फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।
गण्डकी प्रदेशका प्रदेश सदस्य तथा बिधायन समितिका संयोजक माननिय बिस्नु प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्धघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उहाले फोटोग्राफी क्षेत्र भनेको सरकारी निकायका हरेक क्षेत्र संग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र पनि भएको हुंदा यो ब्यवसायलाई अझ कसरी मार्यादित बनाउन सकिन्छ भन्ने कुरामा सवैको ध्यान जानुपर्ने बताउदै गण्डकी प्रदेश सरकारले यस बारे ऐन कानून , निंतिनियमहरुको निमार्णमा यो पेशालाई पनि सम्बोधन गरिने बताउनु भयो । अहिले सरकारी निकायहरुमा प्रयोग हुदै आएका डिजिटल फोटोहरुको गुणस्तर निकै कम्जोर रहेको कुरामा आफु पनि सहहमत रहेको बताउदै सभासद लामिछानेले यी सबै कुराका बारेमा फोटो ब्यवसायीहरुका साथमा टेवलका बसेर छलफल गर्ने कुरामा आफ्नो साथ र सहयोग सधै रहने बचन बद्धता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रमा फोटोग्राफर संघ गण्डकीले गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन पारेर संचालन गरेको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ का बिजयी फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो । उक्त अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा संस्थाको स्थापना दिवस भाद्र २० गतेका दिन घोषणा गरिएको थियो । यस फोटो प्रतियोगितामा देश भरबाट १५४ जना फोटोग्रफरहरुले सहभागिता जनाएका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए ।
पोखराकी सिर्जना भुर्तेलको तस्विर सर्वोत्कृष्ट घोषणा भएको थियो भने अन्य काठमाडौका बिक्रम न्यौपाने, कास्की का बिलक सुवेदी, जिवन ढुंगाना, बिष्णुहरीअधिकारी,,दिवस बराल,अर्जुन कुंवर,अनुप गुरुड. ,राहुल सुवेदी, पर्वतबाट ,सुरेश रेग्मी र नवलपुरबाट यामु कुमाल उत्कृष्ट १० मा पर्न सफल भएका थिए ।
पुरस्कृत फोटोग्राफरहरुलाई प्रमुख अतिथी गण्डकी प्रदेशका प्रदेश सदस्य माननिय बिष्णु प्रसाद लामिछानेले सम्मानपत्रले सम्मान गर्नु भएको थियो ।कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, ,घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका नि.प्रमुख राधा सापकोटा , नेपाल फोटोग्राफर महासंघका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल, कैलास सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली , चितवन फोटोग्राफर संघका अध्यक्ष लक्ष्मण गुरुड.,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, लुम्बिनी फोटोग्राफर संंघका अध्यक्ष मनिस पंथ, नवलपरासी फोटोग्राफर संंघका अध्यक्ष चेतनारायण पाण्डे, कपिलवस्तु फोटोग्राफर संंघका उपाध्यक्ष कर्ण तिवारी , विजेता फोटोग्राफर को तर्फ वाट जिबन ढुंगाना , निर्णयक मण्डल का सदस्य घनश्याम पौडेल,किशोर अधिकारी, दिपेन्द्र बस्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष नारायण बहादुर केसीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गर्नुभएको थियो ।
कार्तिक ०३,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको छ । उनलाई सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि शुक्रबार कास्की जिल्ला...
Read More
पोखरा, ३० साउन । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारीको कार्यक्षमता, सकारात्मक सोच, व्यवहार तथा जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम...
Read More
पोखरा, १३ साउन । देशभर विद्युतीय सवारी ९ईभी० को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक...
Read More
भदौ २९,पोखरा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नयाँ अध्यक्षमा भक्त तामाड निर्विरोध निर्वाचित भएका छन । शनिबार भएको अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सीना...
Read More