कार्तिक ३ गते २०८१
रवि लामिछानेलाई पोखरा ल्याइयो, स्वास्थ्य परिक्षण पश्चात हिरासतमा राखियो
कार्तिक ०३,पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको छ । उनलाई सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ परे पश्चात स्थलमार्गबाट पोखरा ल्याइएको हो ।
पोखरा ल्याएपश्चात उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गराइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।
जिल्ला अदालत कास्कीले लामिछानेसहित १४ जनाविरुद्ध शुक्रबार एकै पटक पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो ।