अभियान युवा क्लबद्वारा भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रम
पोखरा, वैशाख-११
पोखरा महानगरपालिका वडा नं. ५ मा अवस्थित अभियान युवा क्लबले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम क्लब सचिवालय परिसरमा शनिबार सम्पन्न गर्यो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल मद्धती तथा सेवा गुल्म कास्कीका गुल्मपति प्रहरी निरिक्षक लालबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा, ट्राफिक प्रहरी बिट प्रस्याङका प्रमुख उज्वल चिलवाल, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सुर्य बहादुर केसी, अभियान महिला समूहकी अध्यक्ष लक्ष्मी शर्मा, अभियान महिला समूहकी पूर्व अध्यक्ष शर्मिला केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष मोहन बहादुर केसीलगाएतले संयुक्तरुपमा बिमोचन गरेका हुन् ।
बिमोचन पश्चात नववर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ । साथै क्लबका कार्यलाई अतुलनिय योगदान गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा र अभियान महिला समूहकी पूर्व अध्यक्ष शर्मिला केसीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य राजेन्द्र खत्रीले राखेका थिए । क्लब अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लब सहसचिव जिबन आचार्यले गरेका थिए ।
काठमाडौं,१७ बैशाख । नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा पीसीआर र एन्टीजेन...
Read More
पोखरा,१९ माघ । पोखरा महानगर पालिका १६ स्थित रमणिय अर्मला कोटमा दुई दिने कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १६ को...
Read More
पोखरा, पुस १७ गते । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा...
Read More
५ असार, २०७९पोखरामा जारी नेपाल आइस छैटौं हेमजा गोल्डकप फुटबल प्रतियोगितामाआइतवार चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी बिच भएको खेलमा चर्च व्याइज एफसीले कालिका स्पोर्टस् एकेडेमी माथि १–०...
Read More