पौष २० गते २०७७

शबबहान खरिदका लागी ४० लाख सहयोग संकलन

पोखरा,२० पुष ।

नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत हालसम्म ४० लाख रुपैंया संकलन भएको छ । अभियान अन्र्तगत सोमबार पोखरा २६ को बुढिबजारमा आयोजित ११ औं श्रृङखलाको कार्यक्रममा करिब २ लाख रुपैंया संकलन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समोन्वय समिति कास्कीका संयोजक बैन बहादुर अधिकारी क्षेत्रीले मानिसलाई बाँचुञ्जेल जिवनका विभिन्न कालखण्डमा सम्मान गरेजस्तै मृत्यूपर्यन्त पनि सम्मानजनक अन्त्येष्टि गर्नु आवश्यकता, अधिकार र बाँच्नेहरुका लागी नैतिकताको कुरा भएको वताउँदै यस कार्यमा तन मन र धनले सहयोग गर्न सम्पुर्णमा अनुरोध गरेका थिए ।

कार्यक्रममा जिल्ला भित्र शव वाहनको अभावमा सर्वसाधारणहरुले दुःख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकोले शववाहन खरिद गर्नका लागी अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । अभियान मार्फत १ करोड रुपैंया संकलन गर्ने संस्थाको लक्ष्य रहेको र उक्त रकम मध्ये ४० लाख शववाहन गरिद गर्न खर्च गरिने र ६० लाख शववाहन सञ्चालनका लागि कोषको स्थापना गरिने ओझाले जानकारी दिए ।