पौष १३ गते २०८१
फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
१२ पुष काठमाडौं
काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डे ज्यू को प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा उत्कृष्ट फोटो मध्ये पहिलो स्थान ओगट्न सफल सञ्जय मगरले सोनी मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् भने भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन ।
कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई सार्वजनिक गरेको कुरा बताए ।
बिशेषगरी प्रतियोगितामा मुख्य विधा अन्तर्गत प्रथम संजय मगर काठमाडौं, द्धितिय ओम प्रकाश कुशवाह पर्सा ,तेस्रोमा लक्ष्मीपति पौडेल पोखरा ले बाजी मारे भने पुरस्कार राशिमा प्रथम SONY @7 III Mirror less Camera द्धितियलाई AD200 Speed Light Godex तृतियलाई V860 III Godex Flash रहेको थियो । उत्कृष्ट दशमा सौगात भट्ट प्रकाश गौतम महेश डंगोल रामबहादुर तामाङ रत्न बहादुर बस्नेत आकाश कुमार चौधरी सानुकाजी महर्जन पर्न सफल भए । पिपुल्स च्वाईस अर्वाडमा पोखराका अग्निधर तिमिल्सिनाले हात पारे । यसैगरी सहायक विधा अन्तर्गत प्रीपोस्ट वेडिङ तर्फ प्रथम दिपक मैनाली काठमाडौं, द्वितीय अजय बुढाथोकी काठमाडौं र तृतीय कर्णबहादुर तिवारी कपिलवस्तुले पुरस्कार जित्न सफल भए । भिडियो विधामा भने काठमाडौंका पशुपति श्रेष्ठ ले प्रथम स्थान हात पारेका छन्।
प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा उडयन मन्त्री पौडेल ज्यू ले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित सम्पूर्ण विवाहमा खिचिएका तस्बिरहरु र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्दै नेपालको पर्यटन विकासमा उल्लेख्य भुमिका खेल्ने बताए ।
कार्यक्रमका सभापति काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेले देशै भरबाट फोटो र भिडियो पठाई सहयोग गर्नुहुने सम्पूर्ण फोटोग्राफरहरु फोटोग्राफर संघ संग सम्वन्धित संघ संस्थाहरुप्रति आभार व्यक्त गरे ।प्रतियोगितामा भाग लिएका फोटोहरुमध्ये उत्कृष्ट १२० फोटोहरु १३ गते शनिवार प्रदर्शनीमा राखिने कुरा कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेले बताए ।