असाेज १८ गते २०७७

खोरियापानीका पहिरो पिडितलाई नेपाली कांग्रेसको सहयोग


कास्की । पोखरा महानगरपालिका २४ खोरियापानीका पहिरो पिडित परिवारलाई शुक्रबार नेपाली कांग्रेस, पोखरा महानगर २४ ईकाइले सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसका सदस्य तथा पूर्व सह सचिव भरत बहादुर अधिकारीको अगुवाईमा ईकाइका सभापती सभापति प्रताप बहादुर कार्कीले पहिरो पिडितहरु हरि प्रसाद तिमिल्सिनालाई ५ हजार र नवराज तिमिल्सिनालाई ३ हजार सहयोग गरेको हो ।


भदौ २५ गते अविरल बर्षासंगै आएको पहिरोले नवराज तिमिल्सिनाको घरको आँगन भत्काएर गएको पहिरोले हरि प्रसाद तिमिल्सिनाको गोठ भत्काउदा गोठमा बाँधेर राखेको लैना भैसी मरेको थियो ।


नेपाली कांग्रेस पोखरा २४ का ईकाइ सभापती प्रताप बहादुर कार्कीले दुःखको बेला नेपाली कांग्रसले हातोमाले गर्ने बताए । रकम त्यती ठुलो नभएपनि सो रकमले पिडितको दुःखमा केही भएपनि आहत मिल्ने उनको विश्वास थियो । उनले आगामी दिनमा पनि केही गाह्रोसाह्रो परे आफुहरुलाई जानकारी गराउन आग्रह गरे ।