कैलाश बचत तथा ऋण सहकारी संस्था लि को तालिम सम्पन्न
पोखराका फोटोग्राफर ब्यावसायीहरुको पहलमा स्थापित कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा तालिम आयोजना गरेको छ । सहकारीताका बिज्ञ प्रशिक्षक मिलन ढकालद्धारा प्रदान गरिएको सो सहकारी शिक्षा कार्यक्रममा हाल सहकारी सञ्चालनमा भएगरेका नया नीति नियम कानून साथै सहकारी किन आवश्यक छ र सहकारीको वर्तमान अवस्था बारे प्रकास पारिएको थियो । सोही कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी डिजिटल एप पनि शुभारम्भ भएका जानाकारी गराइएको थियो । इनफो डेभलपर्स प्रा लीका सुवास आर्चायले सो बैड.कीड. एप प्रयोग सम्बन्धमा कसरी प्रयोग गर्ने र क्युआर कोड तथा घरमा नै बसेर पैसा कारोबार हेर्न गर्न सकिने नया जोडिएको प्रबिधीमा भएका बिशेषता बारे बताउनु भएको थियो । कार्यक्रममा सहकारीलाई समायानुकुल प्रबिधी मैत्री बनाउन भएगरेका क्रियाकलावबारे छलफल भएको थियो । कैलाश बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष त्रय जिवन ढुड.गाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारीद्धारा उदघाटित सो कार्यक्रम संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सचिव बिष्णुहरी अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका संस्थाका उपाध्यक्ष बिनोदराज ढकालले स्वागत मन्तब्य राख्नु भएको थियो भने शिक्षा समिती संयोजक तथा कार्यक्रम संयोजक घनश्याम पौडेलले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । सहकारीकारीका ७ सिद्धान्त संस्थाका महिला समिति संयोजक पूर्णकला थापाले बाचन गरी आरम्भ भएको सो तालिममा सिकेका ज्ञानलाई के कसरी ब्यावहारमा उतार्ने भन्ने बारेमा संस्थाका सल्लाहकार तथा भूपू अध्यक्षहरुले आआफ्नो मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्नु हुनेमा संस्थाका त्रय भूपूहरु अध्यक्ष जिवन ढुड.गाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारी, सल्लाहकार इन्द्र पौडेल, बलराम शर्मा, रविनाथ दहाल र पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीले बोल्नुभएको थियो । उक्त कैलाश बचत तथा ऋण सहकारी संस्थाको शैक्षिक तालिम कार्यक्रम क्लासिक चुल्हो एण्ड बेन्कयुट मानवअधिकार चोक, ट्रेडमहल चिप्लेढुड.गामा भएको थियो । संस्थाका अधिकांश शेयर सदस्य र पदाधिकारी उपस्थित सो कार्यक्रमले सहकारीता र नया प्रबिधीबारे जानाकारी हुनुको साथै कैलाश बचत तथा ऋण सहकारीले सञ्चालन गरेको फ्रेम उद्योगको प्रगती, काम कारवाही र गतिबिधीबारेमा समेत छलफल भएको थियो ।
काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ। सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर...
Read More
२६भाद्र,काटमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसी संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने...
Read More
काठमाडौँ, १० जेठ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले...
Read More
संखुवासभा २६ भाद्र । संखुवासभाको मादी नगरपालिका– १ मा तीन पुस्ताकै वंश नाश हुने गरी भएको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । एकै परिवारका...
Read More