कैलाश बचत तथा ऋण सहकारी संस्था लि को तालिम सम्पन्न
पोखराका फोटोग्राफर ब्यावसायीहरुको पहलमा स्थापित कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा तालिम आयोजना गरेको छ । सहकारीताका बिज्ञ प्रशिक्षक मिलन ढकालद्धारा प्रदान गरिएको सो सहकारी शिक्षा कार्यक्रममा हाल सहकारी सञ्चालनमा भएगरेका नया नीति नियम कानून साथै सहकारी किन आवश्यक छ र सहकारीको वर्तमान अवस्था बारे प्रकास पारिएको थियो । सोही कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी डिजिटल एप पनि शुभारम्भ भएका जानाकारी गराइएको थियो । इनफो डेभलपर्स प्रा लीका सुवास आर्चायले सो बैड.कीड. एप प्रयोग सम्बन्धमा कसरी प्रयोग गर्ने र क्युआर कोड तथा घरमा नै बसेर पैसा कारोबार हेर्न गर्न सकिने नया जोडिएको प्रबिधीमा भएका बिशेषता बारे बताउनु भएको थियो । कार्यक्रममा सहकारीलाई समायानुकुल प्रबिधी मैत्री बनाउन भएगरेका क्रियाकलावबारे छलफल भएको थियो । कैलाश बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष त्रय जिवन ढुड.गाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारीद्धारा उदघाटित सो कार्यक्रम संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सचिव बिष्णुहरी अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका संस्थाका उपाध्यक्ष बिनोदराज ढकालले स्वागत मन्तब्य राख्नु भएको थियो भने शिक्षा समिती संयोजक तथा कार्यक्रम संयोजक घनश्याम पौडेलले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । सहकारीकारीका ७ सिद्धान्त संस्थाका महिला समिति संयोजक पूर्णकला थापाले बाचन गरी आरम्भ भएको सो तालिममा सिकेका ज्ञानलाई के कसरी ब्यावहारमा उतार्ने भन्ने बारेमा संस्थाका सल्लाहकार तथा भूपू अध्यक्षहरुले आआफ्नो मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्नु हुनेमा संस्थाका त्रय भूपूहरु अध्यक्ष जिवन ढुड.गाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारी, सल्लाहकार इन्द्र पौडेल, बलराम शर्मा, रविनाथ दहाल र पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीले बोल्नुभएको थियो । उक्त कैलाश बचत तथा ऋण सहकारी संस्थाको शैक्षिक तालिम कार्यक्रम क्लासिक चुल्हो एण्ड बेन्कयुट मानवअधिकार चोक, ट्रेडमहल चिप्लेढुड.गामा भएको थियो । संस्थाका अधिकांश शेयर सदस्य र पदाधिकारी उपस्थित सो कार्यक्रमले सहकारीता र नया प्रबिधीबारे जानाकारी हुनुको साथै कैलाश बचत तथा ऋण सहकारीले सञ्चालन गरेको फ्रेम उद्योगको प्रगती, काम कारवाही र गतिबिधीबारेमा समेत छलफल भएको थियो ।
काठमाडौं, ११ पुष । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ । मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका,...
Read More
पोखरा,१६ असोज । पोखराको सिद्धार्थमार्ग फिर्केपुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समितिले आन्दोलन गर्ने भएका छन् । उनीहरुले आइतबारदेखि सिद्धार्थचोक, चिप्लेढुंगा रामकृष्णटोल र बगालेटोलमा दैनिक एक घण्टा चक्काजाम गर्ने भएका...
Read More
२४ असोज , दाङ्ग पुँजी बजारको विकास, लगानीकर्ताहरुको हकहित र समस्या समाधान गर्नको लागि भन्दै युवराज पोखरेलको अध्यक्षतामा ‘लुम्बिनी पुँजी बजार लगानीकर्ता संघ गठन भएको छ। आज दाङको घोराहीमा...
Read More
काठमाडौँ, १९ पुष । कोरोना भाइरस (कोभिड-१९) का कारण नौ महिना देखी बन्द भएका विद्यालयहरु खुल्ने भएका छन्। आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी...
Read More