भाद्र ३१ गते २०७७

तिवारीलाई मातृशोक, कास्की काँग्रेसद्वारा दुःख व्यक्त


पोखरा, ३१ भदौ ।

पोखरा ३१, मोहरिया निवासी नेपाली काँग्रेस कास्कीका पूर्व सचिव नन्दप्रसाद तिवारीलाई मातृशोक परेको छ ।
उनकी आमा सरस्वती तिवारीको १०१ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । स्व. तिवारीको नर्वदेश्वर धाममा बुधबार अन्त्येष्टि गरिएको छ । शवयात्रामा काँग्रेस नेता तथा कार्यकर्ता, शुभेच्छुक र आफन्त सहभागी थिए ।
उनका तीन छोरामध्य नन्दप्रसाद जेठा छोरा हुन् । अर्का छोरा इन्द्र तिवारी काँग्रेस क्रियाशील सदस्य हुन् भने तिमनारायण तिवारी हाल अष्ट्रेलियमा कार्यरत छन् ।
स्व. तिवारी नेपाली काँग्रेस कास्कीका युवा नेता मिलन तिवारीको हजुरआमा समेत हुनुहुन्छ ।
यसैबीच, नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी पार्टीका पूर्व सचिव तिवारीलाई मातृशोक परेकोमा दुःख व्यक्त गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजमा समवेदना व्यक्त गरिएको छ ।