मंसिर ९ गते २०८०

उद्योग दिवसमा ७ जना उद्योगी सम्मानित

कमल पौडेल अथक
पोखरा ९, मंसिर
नवौं उद्योग दिवसको अवसरमा पोखरा र आसपासका ७ जना उद्योगी व्यवसायीहरु सम्मानित भएका छन् । उद्योग संचालन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा विक्रम कर्माचार्य, मोति पौडेल, शक्ति पाण्डे, सुजल श्रेष्ठ, तुलसा पाण्डे चन्दकान्त वराल र सुन्नीकुमारी पुर्जा रहेका छन् ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री दीपेन्द्रवहादुर थापा, पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय गण्डकीका निर्देशक नारायण ढकालले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै उद्योग मन्त्री थापाले नेपालमा उद्यागी व्यवसायीलाई बस्ने वातावरण वनाउन सरकार लागि परेको वताए । प्रदेशमा वन ऐन पास भएकोले अव काठ सदुपयोग गर्ने दिशामा सरकार अगाडि सरेको वताए ।
कार्यक्रममा वोल्ने वक्ताहरुले कोशेली घरका आवस्यकता भएको वताए । प्रदेशमा कोशेली घर नहुँदा कच्चा पदार्थ संकलन र उत्पादनमा समस्या भएको उनीहरुले गुनासो गरे । मन्त्रालयले रकम वाँडेको उत्पादन भने नभएको वताए । उनीहरुले प्रदेशमा कम्पनी रजिष्टार कार्यालय नहुँदा समस्या भएको वताए ।

निर्देशक नारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद आचार्य, उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद न्यौपाने, व्यवसायी चीनु गुरुङ, लघुउद्यम कास्कीका बुद्धी पूर्जा, कार्यालयका सूचना अधिकारी प्रदीपकुमार रेग्मी र कर्मचारी अमर नेपाली लगायतले वोलेका थिए ।