कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ
कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरकृया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वाश्थ्य बिज्ञान प्रतिष्ठानका मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत रिजालले सुगर,ब्लडप्रेसर तथा थाईराईड रोग कसरी लाग्छ र रोग नियन्त्रण तथा उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा संचालित स्वास्थ सचेतना कार्यक्रमको सहजिकरण गरेका थिए ।
मानव समुदायमा बिशेषगरि खानपानका कारण बिभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने बताउदै डा। रिजालले सन्तुलित आहारबिहार र ब्यायामले नै मानिसको स्वास्थ सन्तुलित राख्न सकिने बताए ।
संस्थाका शेयर सदस्य करिब ८० जना महिला पुरुषहरुका बिच अन्तरकृया सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।सहकारी शिक्षा कार्यक्रम अन्तरगत शुरु भएको कार्यक्रममा सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो।
सहकारी शिक्षा कार्यक्रम अन्तरगत शुरु भएको कार्यक्रममा सहकारीकी महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन सहित कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यत्रमका संयोजक तथा शिक्षा उपसमिति संयोजक घनश्याम पौडेलले स्वागत सहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा स्वाथ्य सचेतना कार्यक्रमका स्थानिय सहजकर्ता तोयानाथ देवकोटा, पूर्व कार्य समिति सदस्य ईन्दिरा शर्मा सल्लाहकार संयोजक शिवहरी अधिकारी,पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल , पूर्व अध्यक्ष जिवन ढुंगाना, पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल, सल्लाहकार रविनाथ दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए भने संस्थाका सचिव बिष्णुहरी अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम पश्चात सहभागीहरु ल्वाङ्ग गाउँमा रहेको चिया बगान ,बौद्ध गुम्बा, स्थानिय रहनसहन आदीकोे अवलोकन गरी पोखरा फिर्ता भएको थियो ।
कार्तिक १८, शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२...
Read More
चिनियां प्रभाव नेपालमा बढे सगैं अमेरिकाले पनि चासो दिएको छ।आज नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका...
Read More
३ भदौ, पोखरा पोखरा–२५ वडा कार्यालय हेमजाले गत आवमा गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरेको छ । वडाले आइतवार पत्रकारसँग भेटघाट कार्यक्रमका बीच उपलब्धीहरु सार्वजनिक गरेको हो ।त्यस अवसरमा गत...
Read More
काठमाडौं, १६ चैत । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई र नेकपा...
Read More