श्रावण २ गते २०८०
फोटोग्राफीमा पोखरा
२ साउन, पोखरा
पर्यटकिय शहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पोखराका दृष्य र सुन्दरताले वर्षेनी लाखौ स्वदेशी बिदेशी पर्यटक भित्रिरहेको छन । यसरी घुम्न आएका पर्यटक हुन वा पोखराबासी हुन सवैले यो दृष्यहरुलाई सम्झना र आत्मसन्तुष्टी लागि संग्रहित गर्न फोटो खिच्ने र त्यसलाई अरुमा शेयर गर्ने कार्य फोटोग्राफीमा पर्दछ । पोखराको फोटोग्राफी इतिहासमा बि.सं. २०१७ देखी पोखरामा फोटोग्राफी ब्यावसायको स्थापना भएको पाइन्छ ।

त्यस भन्दा अगाडी नै सौखिन फोटोग्राफर तथा घुमन्ते देशी बिदेशी फोटोग्राफरहरुले पोखरा आएर फोटो खिचेर लैजाने क्रम त थियो नै । तर ब्यावसायिकताको शुरुवात पोखराको ब्यापारिक बजार बिस्तार सगै बि.सं २०१७ मा भएको थियो भने त्यसै समय स्थापित पृथ्वीनारायण कलेजको पनि योगदान छ । पोखरामा बाग्लुड।बाट आएका ब्यापारी कृष्ण कुमार बैद्यले पहिलो ब्यावसायिक फोटोग्राफी गरेको पाइन्छ भने लगत्तै बर्मा र भारतमा गएर फोटोग्राफी सिकेको केही युवाले पोखरामा आई फोटो ब्यावसाय गरेको पाइन्छ । पृथ्वीनारायण क्याम्पसका प्रमुख जर्ज जोन सर र अन्य अध्यापकहरुले पनि पोखराको फोटोग्राफी इतिहासलाई फराकिलो पार्ने कार्य गरेका थिए । संस्थागत रुपमा फोटो ब्यावसायको बिकास हुन भने केही लामो समय कुर्नु परेको थियो ।
बिसं २०३९ मा गएर मात्र पोखराका फोटो ब्यावसायी फोटोग्राफर तिनको फोटो ब्यावसायलाई प्रतिनिधित्व हुने गरी आजकै दिन बिसं २०३९ श्रावण २ मा अनऔपचारिक रुपमा पोखरा फोटोग्राफर एशोसियसन नामको संस्थाको स्थापना गरेको पाइन्छ । यसै संस्थालाई बहुदलिय ब्यावस्था आगमन सगै फोटोग्राफी पेशाको हक हित र एकताको मूल उदेश्य राखी बिसं २०४७ मा जिल्ला प्रशासन कार्यलय कास्कीमा बिधिवत दर्ता गरिएको थियो । यही संस्था बिकास भएर आज ४२ औ वर्षगाठ मनाउन मनाईरहेको छ । यही स्थापना दिवसको अवसर पारेर बिहान रक्तदान तथा रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार घोषणा कार्यक्रम गरेको छ ।
प्रबिधी, ज्ञान र ब्यावसाय हाम्रो पेशाका मुल तत्व हुन यसैले बिश्वमा भैरहने प्रबिधी परिर्वतनसगै हाम्रो ब्यावसायमा पनि तलमाथी भैरहन्छ । अझ राष्ट्रिय नीति र कानूनहरुले पनि हाम्रो पेशामा फरक पारिरहेको हुन्छ । समयानुकुल प्रबिधीमा निपूर्ण हुनु, त्यही अनुसारका फोटोग्राफी सामाग्री खरिद गरिरहनु पर्ने र आफ्नो ब्यावसायमा सम्माहित गरिरहनुपर्ने भएकाले हाम्रो फोटोग्राफी पेशा चुनौतीपूर्ण छ भने अर्को पाटोमा रोमाञ्चक पनि छ । हिजो ब्लाक एण्ड हवाइट फिल्म प्रोसेसिड। जमना देखी कलर ल्याव हुदै कम्प्युटराइज भएर एनालग बाट डिजिटल जमनामा छिरेका छौ । अव डिजिटलबाट नै बिश्व बजारको नया प्रबिधी एआई अर्थात आर्टिफिसियल इन्टेलीजेन्ससग पनि हामी साक्षातकार हुनुपर्ने आवश्यकता छ । अब्जेक्टको फोटो खिचिरहका हामी अव भर्चुयल फोटोग्राफी र एआई ग्राफिक्समा छिर्नुपर्ने अवस्था आइरहेको छ ।
मेरो यती वर्षको यस्तो अनुभव छ भन्ने तर नया प्रबिधी नचिन्ने साथीहरुलाई अहिलेका प्रबिधीले बिस्तापित गर्दैै नया युवाको शिक्षा र प्रबिधीले सवैलाई हाक्ने जमना आएको छ । यसैले यस्ता ब्यावसाहिक संस्थाको माध्यमले नया प्रबिधी चिन्ने जान्ने र त्यसबाट फाइदा लिने कुरामा मद्धत पुग्नेछ । यसैले यस संस्थाले संस्थागत बिकास तथा आफ्ना झण्डै २०० सदस्यहरु बिचको सम्बन्ध र दक्षता बिकासका लागि बिभिन्न कालखण्डमा बिबिध तालिम तथा रचनात्मक कार्य गरिदै आइरहेको छ ।
(घनस्याम पौडेल) , पोखरा फोटोग्राफर संघ पूर्व अध्यक्ष