समाचार

निर्वाचन तयारी समितिको जिम्मा एआइजी पोखरेललाई

6 years ago Samaya Dristi 0
काठमाडौँ, २९ पुष । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ। पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। थप समाचार

च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु

6 years ago Samaya Dristi 0
पोखरा,२८पुष ।महिला सिप बिकास संस्था तथा सि.ई.सि.आई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम मंगलबारबाट सुरु भएको छ । करिब ४० जना महिलाहरुको सहभागी रहेको सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवि गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गुरुङले कोरोनाको कारणले उत्पादन र रोजगारीमा पुगेको क्षतीलाई यस तालिमले थप समाचार

पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफुहरुले नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

6 years ago Samaya Dristi 0
पोखरा, २८ पुष। पार्टीको नाम र चुनाव चिन्ह आफूहरुको हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठोकुवा गरेका छन् । पोखरामा प्रचण्डमाधव समूहले गरेको गण्डकी प्रदेशको भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफूसँग रहेको भन्दै कानुनअनुसार नै पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले थप समाचार

आरआर क्याम्पसका प्राध्यापक आचार्य पक्राउ

6 years ago Samaya Dristi 0
काठमाण्डौ, २८ पुष । काठमाण्डौको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ । थप समाचार

काँग्रेस सभापति देउवा पर्वत जादै

6 years ago Samaya Dristi 0
पोखरा, २८ पुस । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमाकै स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ । उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन उद्घाटन नेपाली काँग्रेसका सभापति एवं थप समाचार

एक सातापछि कक्षा १२ को परीक्षाको नतिजा प्रकासन

6 years ago Samaya Dristi 0
पोखरा,२८ पुष । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकासन एक सातापछि हुने जनाएको छ । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताए । कोरोनाका थप समाचार

निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धता : पर्यटनमन्त्री ढकाल

6 years ago Samaya Dristi 0
काठमाडौँ,२८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताए । मन्त्रिपरिषद्को थप समाचार

जापानबाट सहारा एकेडेमीका वालकहरुलाई जर्सी सेट प्राप्त

6 years ago Samaya Dristi 0
पोखरा २७, पुष । पोखराको सहारा एकेडेमीका वालकहरुलाई जापानबाट जर्सी सेट सहयोग प्राप्तभएको छ । जापानको सामाजिक संस्था एन.पि.ओ.गोजो हिरोकी इकेदा ग्रुपलेसहारा एकेडेमीका वालकहरुको लागि ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोगहस्तान्तरण गरेको हो । ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई थप समाचार

लायन्स क्लव द्धारा सामुदायिक बिद्यालयलाई मास्क वितरण

6 years ago Samaya Dristi 0
पोखरा ,२७ पुष । लायन्स क्लव अफ पोखरा सेन्टेनियलले पोखराका सामुदायिक बिद्यालयहरुको लागि ५० हजार वटा मास्क वितरण गरेको छ । क्लवले एक समारोहका बिच आइतबार बाराही वेकरीको परिसरमा पोखराका २० वटा सामुदायिक बिद्यालयलाई उक्त मास्क वितरण गरेको हो । प्रति बिद्यालयलाई २ हजार ५ सय वटा मास्क वितरण गरिएको क्लवका अध्यक्ष प्रगत कायस्थले बताए थप समाचार

अखिल नेपाल महिला सघ कास्कीद्धारा कारबाहीको माग

6 years ago Samaya Dristi 0
पोखरा, २७ पुस । राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध आपत्तिजनक र अपमानजनक नारा लगाउनेहरुलाई कारबाहीको माग गदै अखिल नेपाल महिला संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अखिनले नेपाल महिला सघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीको नेतृत्वमा कास्कीका प्रमुख जिल्ला अधिकारलार्ई ज्ञापनपत्र बुझाएको हो । अनेमसंघ कास्कीका अध्यक्ष शुसिला पराजुलीले थप समाचार