माघ १० गते २०७७

सशस्त्रको अस्पतालमा निःशुल्क उपचार हुने

काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बल नेपालले सडक मानव लाई निशुलक उपचार गर्ने भएको छ ।
कोभिड–१९ संक्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा बढ्दो समस्या देखिउको छ ।
आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्तौला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्वपूर्ण कडीका रुपमा लिएको स्मरण गर्छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अबसरमा शुक्रबार बेसहारालाई निःशुल्क उपचारको घोषणा गरेका छन्। ‘अबदेखि मानवसेवा आश्रममार्फत् खाना, छाना र नाना प्राप्त गरिरहेका सबैलाई सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पताल बलम्बुमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशूल्क प्रदान गरिने भएको छ ।

यसअघि नै नेपाल सरकारले ‘कोही नेपाली असहाय हुन नपरोस, उपचारबाट वञ्चिन हुन नपरोस’ भनेर आवश्यक काम गर्दै आएको छ। मानवसेवा आश्रमसँग सहकार्य गर्दै २०७८ भित्रमा बेसहारा सडक मानवमुक्त देश बनाउने सरकारको योजना रहेको सन्दर्भ कोट्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले जनताको सेवा, सुरक्षा, सहयोग र उद्वार गर्ने कार्यअन्तरगत उक्त घोषणा गरिएको स्पष्ट गरे।