माघ ११ गते २०७७
प्रचण्ड–माधव समूहको केपी ओलीलाई पार्टीबाट निष्कासन गर्ने तयारी
काठमाण्डौ, ११ माघ ।
नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले थप ऐजेन्डा सहित स्थाइ कमिटि बैठक बस्न लागेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि आन्दोलनमा उत्रेको प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ती प्रदर्शनको समिक्षा र थप आन्दोलनका कार्यक्रम पनि तय गर्ने छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे स्थयी कमिटी बैठक बस्ने जानकारी दिए ।
केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले यसपहिलेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनले बताए । भोलीको स्थाई कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य बाट हटाउने निर्णय गर्ने तयारी पनि छ । यधपी श्रेष्ठले यसवारे भने बोलेनन् ।
प्रचण्ड–माधव समूहले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर ओलीले जवाफ दिनुभएन । चित्त बुझ्दो जवाफ नदिए पार्टी सदस्यताबाट हटाउने पूर्व निर्णय अनुसार ओलीलाई भोलीको बैठकले पार्टीबाटै हटाउने सम्भावना छ ।