चैत १२,पोखरा मोफसलमा रहेर आफ्रनो कलालाई देशब्यापी बनाउने गायक विनोद वानिया को स्वरमा तथा गजलकार उदिपराज ढुङ्गानाको रचनामा रहेको गजल ‘बानी पर्यो सुरामा‘’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायक विनोद बानियाले आफ्नै सङ्गीतमा उक्त गजलमा स्वर दिएका छन् । पोखरामा एक कार्यक्रम बिच गायक विनोदले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा बोल्दै विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष तथा परिचय डटकमका प्रधान सम्पादक सुरेश रानाभाटले गजललाई विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुने धारणा उनको रहेको थियो ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार अमृत सुवेदीले पोखरा पर्यटकीय शहरसँगै सङ्गीत क्षेत्रको पनि ऊर्वरभूमि भएकाले नयाँनयाँ सिर्जना आउनु सुखद भएको उल्लेख गरे ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार मन क्षेत्रीले विनोद बानिया सङ्गीतका राम्रा साधक भएको उल्लेख गरे । सङ्गीतको सङ्गत भएकाले बानी पर्यो सुरामा‘ आज सार्वजनिक गरिएको धारणा उनको थियो । पछिल्लो समय विनोद बानिया गायक मात्र नभएर सङ्गीतकारका रूपमा समेत परिचित हुँदै गएको उनले बताए । उदिपको पहिलो पटक रेकर्ड भएको गजल बानी पर्यो सुरामा‘ को उनले प्रशंसा गरे ।
म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफूले गायक विनोद बानियासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उक्त गीतमार्फत नै रानाले म्युजिक भिडियो अभिनयमा डेब्यू गरेका हुन् । विनोदको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । छायाङ्कन मिलन शङ्करको रहेको भिडियोमा टिकटक स्टार बिना राउत र प्रदिप बास्तोलाको अभिनय रहेको छ । गीतलाई पोखराको हेमजास्थित डिलबारीमा छायाङ्कन गरिएको हो । गीत विनोद बानियाकै अफिसियल युटुब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ ।
काठमाडौं, १२ भदौ । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको...
Read More
पोखरा १४, पुष । पोखरा सहित देशका अधिकाशं ठाउँमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण हल्का बर्षा भएको छ । मंगलबार बेलुका देखि हल्का सुरु भएको बर्षा आगामी शुक्रबारसम्म...
Read More
पोखरा,२५ वैशाख । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको...
Read More
काठमाडौं,३ जेठ । कांग्रेसले कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले विदेशबाट द्रुतमार्गबाट खोप आयात गरी सबै नागरिकलाई कोभिड– १९...
Read More