चैत १२,पोखरा मोफसलमा रहेर आफ्रनो कलालाई देशब्यापी बनाउने गायक विनोद वानिया को स्वरमा तथा गजलकार उदिपराज ढुङ्गानाको रचनामा रहेको गजल ‘बानी पर्यो सुरामा‘’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायक विनोद बानियाले आफ्नै सङ्गीतमा उक्त गजलमा स्वर दिएका छन् । पोखरामा एक कार्यक्रम बिच गायक विनोदले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा बोल्दै विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष तथा परिचय डटकमका प्रधान सम्पादक सुरेश रानाभाटले गजललाई विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुने धारणा उनको रहेको थियो ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार अमृत सुवेदीले पोखरा पर्यटकीय शहरसँगै सङ्गीत क्षेत्रको पनि ऊर्वरभूमि भएकाले नयाँनयाँ सिर्जना आउनु सुखद भएको उल्लेख गरे ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार मन क्षेत्रीले विनोद बानिया सङ्गीतका राम्रा साधक भएको उल्लेख गरे । सङ्गीतको सङ्गत भएकाले बानी पर्यो सुरामा‘ आज सार्वजनिक गरिएको धारणा उनको थियो । पछिल्लो समय विनोद बानिया गायक मात्र नभएर सङ्गीतकारका रूपमा समेत परिचित हुँदै गएको उनले बताए । उदिपको पहिलो पटक रेकर्ड भएको गजल बानी पर्यो सुरामा‘ को उनले प्रशंसा गरे ।
म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफूले गायक विनोद बानियासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उक्त गीतमार्फत नै रानाले म्युजिक भिडियो अभिनयमा डेब्यू गरेका हुन् । विनोदको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । छायाङ्कन मिलन शङ्करको रहेको भिडियोमा टिकटक स्टार बिना राउत र प्रदिप बास्तोलाको अभिनय रहेको छ । गीतलाई पोखराको हेमजास्थित डिलबारीमा छायाङ्कन गरिएको हो । गीत विनोद बानियाकै अफिसियल युटुब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ ।
गोविन्द तिमिल्सिना हेमजा, २७ फागुन स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ । कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै...
Read More
काठमाडौं,११ फागुन । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् ।...
Read More
कमल पौडेल अथकपोखरा २४, असोजकास्कीमा गठवन्धले टिकट नमिलाएको भन्दै अधिकांश कार्यकर्ताको चरम असन्तुष्टि वढेको छ । कास्की कांग्रेस पार्टी कार्यालयमा आइतवार मनोनय दर्ता गर्नको लागि उपस्थित कांग्रेसीहरुको न्युन उपस्थितिले...
Read More
कमल पौडेल अथकपोखरा ७, भदौकास्कीको रुपा गाउँपालिकामा असल छिमेकी संस्था गोनेसाको सहयोगले लक्षित समुदायमा परिवर्तन आएको छ । स्थानीय सरकारी विद्यालय र विपन्न नागरिकको आय आर्जनमा टेवा पुर्याएर संस्थाले...
Read More