समाचार

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

5 years ago Samaya Dristi 0
काठमाडौं,२ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर थप समाचार

१४ जिल्लामा कोभिड संक्रमणमा वृद्धि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

5 years ago Samaya Dristi 0
काठमाडौं, २ असार । मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको जनाए । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली थप समाचार

प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस्

5 years ago Samaya Dristi 0
काठमाडौं, २ असार। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् । बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी थप समाचार

मनाङमा बाढकिो बितण्ड, १५ घर उच्च जोखिममा

5 years ago Samaya Dristi 0
मनाङ, ०१ असार । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको थप समाचार

भारी वर्षाको कारण खतराको साइरन बजाइयो

5 years ago Samaya Dristi 0
काठमाडौं, ०१ असार । लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार गण्डकी प्रदेशका थप समाचार

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन : उपेन्द्र यादव

5 years ago Samaya Dristi 0
काठमाडौं, ०१ असार ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका हुन् । निर्वाचन आयोगको तटस्थता र निश्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने चेतावनी दिएका छन् थप समाचार

कोरोनाको खोप लगाएकामा समेत नयाँ भेरियन्ट पुष्टि, कति घातक ?

5 years ago Samaya Dristi 0
पोखरा, ०१ असार ।कोरोना भाइरसले फेरि रुप बदलेको छ । दोस्रो लहरमा खतरनाक मानिएको डेल्टा भेरियन्ट अझै बढी आक्रामक बनेर आएको हो । भारत, बेलायतलगायतका देशमा रूप बदलेको कोरोना भाइरसका संक्रमित पाइएका छन् । भारतमा छ राज्यका आठ जनामा यो भेरियन्ट पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म बिटा भेरियन्टमा पाइएको म्युटेसन ९उत्परिवर्तन० अब थप समाचार

हालसम्मकै उच्च विन्दुमा नेप्से, २० अर्ब बराबरको कारोबार

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० जेठ । आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८।३२ अंकले बढेर २९८३।११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो । सेयर बजारमा उछाल आएसँगै आज कारोबार रकम समेत हालसम्मकै उच्च भएको छ । थप समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, यस्तो हुनेछ मोडालिटी

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० जेठ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न थप समाचार

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

5 years ago Samaya Dristi 0
पोखरा, ३० जेठ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार परिवर्तन भएसँगै घिमिरेले राजीनामा दिएका हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा रहन्छ । घिमिरे तीन वर्षअघि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । थप समाचार