श्रावण १३ गते २०७८
नेपाल प्रहरीमा ७ वटा दर्जा थप्न प्रस्ताव, सशस्त्रको जस्तै संरचना बनाइने
काठमाडौँ, १३साउन । नेपाल प्रहरीले दर्जा संरचना सशस्त्र प्रहरीकै जस्तो बनाउने प्रस्ताव अघि सारेको छ। परिचरदेखि वरिष्ठ सइसम्म ७ वटा दर्जा थप्ने प्रस्ताव गर्दै नेपाल प्रहरीले गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो।
अवकाशपछि दिने सेवा सुविधामा पनि सशस्त्रमा जस्तै प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरीमा ३० वर्ष सेवा गरेका एसपीभन्दा तलको दर्जालाई अवकाश हुने बेलामा एक तह बढुवा दिने गरिएको छ। तर, यसका लागि उक्त दर्जामा काम गरेको ५ वर्ष पुगेको, कुनै कारबाहीमा नपरेको र बढुवाका लागि योग्य भएको हुनु पर्नेछ।
३० वर्ष पहिले नै अवकाश लिने प्रहरीले भने यो सुविधा पाउने छैनन्। प्रहरीमा ३० वर्षे सेवा हद छ।