वैशाख २० गते २०७८
पछिल्लो २४ घण्टामा कोरोनाको गण्डकी अपडेट
पोखरा,२० वैशाख । पछिल्लो २४ घण्टामा गण्डकीका थप २०३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज गण्डकीका ७३८ जनाको नमुना परीक्षण गरिएकोमा २०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
प्रदेशका ९ जिल्ला जसअन्तर्गत कास्कीका ३४० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण देखिएको छ। आज थपिएका संगै कास्कीमा कोरोना संक्रमितको संख्या १० हजार १३६ पुगेको छ। आज गण्डकीमा पुष्टि भएकासंगै कोरोना संक्रमितको कूल संख्या १९ हजार ४२४ पुगेको छ, जसमा २ हजार १८३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १७ हजार ९ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २३१ जनाले ज्यान गुमाइसकेका छन्।