जेठ २५ गते २०८२
जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ
कमल पौडेल अथक
पोखरा २४, जेठ
जनप्रतिनिधिलाई कर्मचारीले अपमान गरेको भन्दै केही स्थानीय वासिन्दाले शुक्रवार पोखरा महानगरपालिका वडा नं ९ को कार्यालय घेराऊ गरेका छन् । उनीहरुले कार्यालय घेराऊ गर्दै लेखा अधिकृत कुलराज पौड्याललाई कारवाहीको माग गरेका हुन् ।
आफ्नो वडाको वाटोको वजेटको वारेमा सोधपूछ गर्दा पोखरा ९ कि वडा सदस्य भावना श्रेष्ठलाई विहीवार लेखा अधिकृत पौड्यालले तँ को होस् मैले चिन्दिन भन्ने अभिव्यक्ति दिएपछि विवाद सतहमा आएको वुझिएको छ ।
सोही विषयलाई लिएर निज लेखा अधिकृत पौडेललाई कारवाही गर्न माग गर्दै शुक्रवार केही स्थानीयवासिन्दाले कार्यालय घेराऊ गरेका हुन् । उनीहरुले भ्रष्ट लेखा अधिकृत राजिनामा दे लगायतका नारा लगाएका थिए । यता लेखा अधिकृत पौड्यालले व्यंग्यात्मक शैलीमा अख्तियारले डामेको जनप्रतिनिधि जिन्दावाद, इमानदार कर्मचारी मुर्दावाद भनेर नारा लगाउ भन्दै सडकमा नारा लगाइरहेका स्थानीयवासीलाई वडाको छतवाट हवला दिएको भिडियो समेत सार्वजनिक भएको छ । वडामा विवाद भएपछि लेखा अधिकृत एवं वडा सचिव कुलराज पौड्याललाई पटक पटक विषयवस्तु के हो भनी सोधपुछ गर्दा संवन्धित वडा सदस्यलाई नै सोध्नु भन्ने जवाफ फर्काए । उनले आफू र वडा सदस्यको वीचको विवाद आफूलाई थाहा नभएको भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिए ।
रिसको आवेग र तनाव झेलेको जस्तो मुडमा कार्यालयको कुर्सीमा वसेका पौडेलले भने विहीवार राति ९ वजेको समयमा वडा नं ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले तैंले जनप्रतिनिधि चिन्दो रहेनछस् भनेर थर्कायो, पछि मुख छोडेर वोल्यो अनि मैले पनि उसलाई जवाफ फर्काएँ । मेरा वडाकी जनप्रतिनिधिको विषयमा ४ नंम्वर वडाको अध्यक्षलाई के चासो पर्यो र मलाई थर्काए लेखा अधिकृत पौडेलले भने ।
यता वडा सदस्य भावना श्रेष्ठले भनिन् मैले मेरो लागि सोधेकी थिइनँ, वडाको वजेट सोध्नु मेरो अधिकार हो, तर लेखा अधिकृत पौड्यालले तँ को होस् भन्दै मलाई हकारे ।
शुक्रवार वडा कार्यालय घेराउ गरेको सो टोलले लगत्तै पोखरा महानगरपालिका कार्यालय पनि घेराउ गरेको छ । लेखा अधिकृत पौड्याललाई कारवाहीको माग गर्दै पोखरा महानगरपालिका कार्यालय घेरेको उनीहरुले वताए । उनीहरुले जनप्रतिनिधिलाई नचिन्ने लेखाअधिकृत कुलराज पौडेललाई कारवाही गर्न माग गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएको समेत जानकारी दिएका छन् ।
यता अहिले विवादमा आएकी वडा सदस्य भावना श्रेष्ठ गतसाल पोखरा महानगरको न्यायिक समितिमा रहेकी थिइन् उनी त्यहाँ रहँदा एउटा झगडाको विवादमा मेलमिलाप गर्न उपमेयर मञ्जुदेवी गुरुङलाई पनि पैसा दिनु पर्छ भन्दै सेवाग्राही सँग घुस मागेको अडियो वाहिरिएपछि न्यायिक समितिवाट वर्खास्त भएको वुझिएको छ ।
घुस मागेको काण्ड वाहिरिएपछि वडा नं ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी र वडा सदस्य भावना श्रेष्ठ बीच विगत एक वर्षदेखि वोलचाल नै बन्द भएको वडा श्रोत वताउँछ । उनी वडामा नआएको एक वर्ष भै सकेको छ स्वयं लेखा अधिकृत कूलराज पौडेलले भने ।
त्यस्तै अहिले विवादमा आएका वडा नं ३ का लेखा अधिकृत कुलराज पौडेल यसअघि पोखरा महानगरपालिका वडा नं ६ मा रहँदा कर्मचारीले लिने ३ सय ९० लिटर इन्धन आफैँ एक्लैले प्रयोग गरेको फेला परेपछि अख्तियारले मुद्धा चलाएका पात्र भएको बुझिएको छ ।
पछि उनलाई त्यहाँँबाट पोखरा ९ मा सरुवा गरिएको थियो । पोखरा ९ मा २ वर्ष वसेपछि उनको सरुवा पोखरा २९ मा भएको थियो । तर उनी त्यहाँ जान नमानेको वडा श्रोतको भनाई छ । आन्तरिक लेनदेन मिलाउन सक्ने भएकोले वडाअध्यक्ष दीपेन्द्र मर्सानीले वडा सचिव कुलराज पौड्याललाई त्यहाँवाट सरुवा रोक्न पहल गरेको वडा श्रोतको भनाई छ । शुक्रवार वडा नं ९ को कार्यालय घेराऊ भै रहँदा वडाअध्यक्ष दीपेन्द्र मर्सानी वडा कार्यालयमा थिएनन् । वडाको विवादवारे जानकारी लिन उनलाई फोन गर्दा उनी सम्पर्कमा आएनन् ।