असार २ गते २०८१

ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप पुस्तान्तरण गर्न आवस्यक

कमल पौडेल अथक
पोखरा १, असार
ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप पुस्तान्तरण गरिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा पोखरामा आयोजित ज्यष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् ।
सो अवसरमा वोल्दै उनीहरुले पहिलेको संस्कार र संस्कृति व्यवहारिक र वैज्ञानिक भएको तर अहिलेको सन्ततिले विर्सँदै गएको भन्दै त्यसलाई सिकाउनु आजको आवस्यकता भएको वताए ।
सो कार्यक्रममा कास्की जिल्लाका ७ वटा सामुदायिक विद्यालयका सामाजिक शिक्षक र विद्यार्थी गरी २८ जनाको सहभागिता रहेको सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रवहादुर थापाले जानकारी दिएका छन् । कक्षा ९ देखि १२ कक्षा अध्ययन गर्ने वालवालिकालाई पुस्तान्तरण कार्यक्रममा सहभागी गराएको उनले वताए । कार्यक्रममा वालसंञ्जालका प्रतिनिधि, ज्येष्ठ नागरिकका प्रतिनिधि,सामाजिक शिक्षक र विद्यार्थी गरी ४० जनाको सहभागिता रहेको उनले वताए ।
कार्यालय प्रमुख ईन्द्रवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्य, शान्ती वस्ती, सिद्धीकुमार रेग्मी, कुशुमकेशव पराजुली कल्पना वस्याल गैह्े, अधिकृत स्तर छैटौं कर्मचारी ज्ञानेश्वर सुवेदी लगायतले उनीहरुलाई सहजिकरण गरेका थिए ।