असाेज १० गते २०८२
चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन
कमल पौडेल अथक
पोखरा १०, असोज
चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख सँगै सरोकारवाला सँगको छलफलमा वोल्ने वक्ताले सो सुझाव दिएका हुन् ।
पछिल्लो समयमा जेनजी आन्दोलनको फाइदा उठाउँदै समाजमा हुने चोरी, डकैतिलाई विशेष ध्यान दिन उनीहरुले आग्रह गरेका छन् । आन्दोलनको वहानामा कास्की कारागारवाट भागेका कैदी वन्दीको कारण यतिवेला समाजमा त्रास रहेकोले प्रहरी सँगै टोल विकास संस्थाहरु पनि सक्रीय हुनु पर्ने उनीहरुले वताए ।
यो वेला वजारमा बस्तुको आपूर्तिमा विभिन्न खाले समस्या पैदा गर्ने भएकोले त्यस्ता क्रियाकलाप विरुद्ध सक्रिय भएर लाग्न उनीहरुले आग्रह गरे । दिउसो भन्दा रातको वेला टोलमा वढी प्रहरी गस्ती लगाउन उनीहरुले आग्रह गरे ।
सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वको वेला टोल टोलमा प्रहरीको गस्ति लगाउन निर्देशन दिएकी छन् । ड्युटिमा खटिने प्रहरी एक ठाउँमा मात्र नवसी टोलसमाजमा खटिएर नागरिक सँग हातेमालो गर्दै शान्ति सुरक्षामा तल्लीन हुन उनले आग्रह गरिन् ।
दशैंको वेला कार्यालय प्रमुखहरु विदामा वस्दा समेत कार्यालयमा भएका सीमि गाडीहरु आफू खुसी लिएर नजान उनले आग्रह गरेकी छन् । आन्दोलनमा आगोले जलेपछि अहिले गाडीको संख्या कमी भएको भन्दै कतै जानु परेमा कार्यालयको गाडी वुझाएर जान समेत उनले कार्यालय प्रमुखहरुलाई सुझाव दिएकी छन् । कार्यालयमा वलियो सुरक्षा व्यवस्था मिलाएर मात्र कार्यालयबाट वाहिर जान कार्यालय प्रमुखहरुलाई निर्देशन उनले दिएकी छन् ।
बाटो मर्मतको लागि सडक विभागमा भएका डोजर, स्काभेटर लगायतका उपकरणहरु स्ट्याण्डवाइ राख्न समेत उनले आग्रह गरेकी छन् । पहिरोको कारण वाटो अवरुद्ध भएको मौका पारी वजारमा कालोवजारी हुन सक्ने भएकोले एक महिनालाई पुग्ने गरी खाद्यान्नको जोहो गर्न उनले व्यवसायीलाई आग्रह गरिन् ।
चाडवाडको वेला वाटोमा पहिरो गएर अवरोध आउँदा यात्रुले दुःख पाइरहेको अवस्थमा कसरी सकिन्छ यातायात व्यवसायीले यात्रुलाई सहज हुने तवरले सेवा प्रवाह गर्न उनले निर्देशन दिएकी छन् । तोकिएको भन्दा वढी भाडा नलिन र लिएमा तत्काल ट्राफिक प्रहरीलाई खवर गरी कारवाही गर्नको लागि पनि उनले निर्देशन दिएकी छन् ।
सो अवसरमा विभिन्न सरोकारवालाले शान्ति सुरक्षालाई ध्यानमा राखेर आफ्ना सुझाव दिएको र सोही अनुसार प्रशासनले निर्देशन दिने सहयक प्रजिअ शिव लम्सालले जानकारी दिए ।
जेनजी आन्दोलनमा प्रहरीले हात उठाएपछि केही स्थानीयटोल वासीले टोल सुरक्षाको लागि रात्रिकालिन गस्ती टोली गठन गरेका छन् । पोखरा ५ को धारापानी टोल विकास संस्था, पोखरा १७ को महत्तगांैडा टोल विकास संस्था लगायत पोखरा र लेखनाथका विभिन्न टोल विकास संस्थाहरुले स्थानीय युवाहरुको सक्रियतामा रात्रिकालिन गस्ती सुरुवात गरेको जानकारी प्राप्त भएको छ । स्थानीय प्रहरीले अब नागरिक सँग हातेमालो गर्दै दशैंको बेला सुरक्षा प्रदान गर्न उनीहरुले आग्रह समेत गरेका छन् ।
सो छलफल कार्यक्रममा कास्कीका सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, नागरिक समाज, होटल व्यवसायी, यातायात व्यवसायी, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघका प्रतिनिधि, र पत्रकार लगायतको सहभागिता रहेको थियो ।