वैशाख ४ गते २०८०
आँधीखोलामा बाँदरको बहानामा व्यापक रुख फँडानी, व्यक्तिका जग्गामा भएका फलफूलका बोट मासेको भन्दै अख्तियारमा उजुरी (फोटो फीचर)
कमल पौडेल अथक
पोखरा ४, बैशाख
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ३ पाख्रीबोट टोलमा व्यापक रुपमा रुख फँडानी गरिएको छ । गाउँमा बाँदर लागेको वहानामा स्थानीय केही व्यक्तिले आफ्नै मौनमौजीमा व्यक्तिका निजी जग्गामा भएका रुख तथा फलफूलका बोटहरु फँडानी गरेका हुन् । उनीहरुले गाउँमा रहेका पुरातात्विक महत्वका वर्षौ पुराना रुख साल, चाँप, दारेगिठो तथा आँप, लिची, नासपाती अम्वा र डालेघाँस पनि फँडानी गरेका हुन् । स्थानीयवासीन्दाले रुख फँडानी कार्यमा संलग्न केही व्यक्तिहरुलाई अन्य रुख विरुवा काटेपनि फलफूलका विरुवा नकाट्न आग्रह गरेका थिए । तर टोलको सहमतिको हवला दिँदै उनीहरुले विरोध गर्नेहरुलाई धम्क्याउँदै सबै रुख विरुवा नष्ट गरेको पीडित स्थानीयवासीले वताएका छन् ।
ती रुख विरुवा काट्ने वारेमा वडा र आँधीखोला गाउँपालिकाको सहमति नभएको संवन्धित कार्यालयले जनाएका छन् । वडा नं ३ ले रुख विरुवा पूरै काट्न नभई घर छोएका रुख विरुवा छिमल्न १० हजार रुपैयाँ दिने भनेको वडाअध्यक्ष शेरवहादुर कार्कीले वताए । उनले पाख्रीवोट गाउँको पहिचान नै मासिने गरी सबै रुख कटान गर्ने क्रममा वडालाई जानकारी नगराइएको र सहमति पनि नभएको वताए । उनले अहिले बारीमा मकै उम्रेका छन् । कसैले आलु लगाएका छन् त्यो बाली पाकेपछि आवस्यक देखिएमा रुख कटान गर्ने भनेपनि अहिले आएर सबै फँडानी गरिएको वताए । जसरी रुख फँडानी गरिएको छ यसमा वडाको सहमति छैन । स्थानीय टोल विकास संस्थाका केही व्यक्तिहरु जिम्मेवार रहेको उनले वताए ।

यता आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले पालिका सँग कुनै सल्लाह नगरी टोल विकास संस्थाकै केही व्यक्तिको निर्णयमा बोट विरुवा र फलफूलका बोट फँडानी गरिएको वताए ।
टोलमा रुख काट्ने निर्णय गरियो, काट्दै जाँदा केही स्थानीयका आँप र लिचीका बोट पनि काटिए । यसरी काटेपछि कसैका पनि नछोड्ने गरी सवैका बोटबिरुवा र फलफूल काटिएको स्थानीय दीवाकर पौडेलले बताए । उनले बाँदर कै समस्याको कारण सवैका फलफूलका बोट काटिएको स्वीकार गरे । उनले प्रति घर २ हजार रुपैयाँ उठाएर व्यक्तिका जग्गामा भएका सवै फलफूल तथा रुख विरुवा काटिएको वताए ।
यसरी जथाभावि फलफूलका बोट र डालेघाँसका रुखहरु नकाट्न गरेको स्थानीय केही बासिन्दको आग्रहलाई उनीहरुले अटेरी गरेको पीडितहरुले वताएका छन् ।
अख्तियारमा उजुरी
जथाभावि रुख फँडानी गरेको भन्दै स्थानीय वासिन्दाले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी दिएका छन् ।
व्यक्तिको लालपूर्जामा भएका रुख तथा फलफूलका बोट विरुवा काटेर गाउँ नै उजाड पारिएकोले सो कार्यमा संलग्न व्यक्तिहरुमाथि आवस्यक छानविन गर्न उजुरीमा माग गरिएको छ । साथै उजुरीमा जथाभावि रुख कटानमा संलग्न व्यक्तिहरुमाथि छानविन गरि दोषी उपर कारवाही गर्न माग समेत गरेका छन् । व्यक्तिको निजी जग्गामा रहेका रुख तथा फलफूलका बोट काटेर उजाड पारिएको भन्दै संलग्न व्यक्तिहरुवाट क्षतिपूर्ति उपलव्ध गराउन निवेदकहरुले माग गरेका छन् ।
केही दिन अगाडि परेको सो उजुरी यतिवेला अख्तियारको केन्द्रीय कार्यालय काठमाण्डौ फरवार्ड गरिएको अख्तियार गण्डकी प्रदेश कार्यालय प्रमुख बद्रीकुमार कार्कीले जानकारी दिएका छन् । हामीलाई परेको उजुरी पनि अख्तियार केन्द्रीय कार्यालयमा नै फरवार्ड गरिन्छ । त्यहाँबाट जे गर्ने निर्देशन आउँछ सोही अनुसार अगाडि बढ्ने उनले वताएका छन् ।
के गाउँमा भएका रुख विरुवा मासेर बाँदर आउँदैनन ?
बाँदर भगाउने उपाय रुख विरुवा काट्नु मात्र होइन । गाउँमा भएका रुखमा वसेर बाँदरले त्यसका फल खाएर भुल्ने गर्थे । अब रुख विरुवा तथा फलफूल नै काटिएपछि बाँदर सिधै खेतीवालीमा प्रवेश गर्ने बाटो खुलेको छ । यसले पर्यावरणमा नै नकारात्मक असर पार्ने बातावरण संरक्षणका अभियान्ताहरुको जिकिर छ । उनीहरुले बाँदर जंगलमा खाने कुरा नभएर गाउँ बस्तिमा पसेको बताए ।
अहिले देशका अधिकांश सामुदायिक बनहरुले बाँदरको समस्या समाधानको लागि फलफूलका बोट विरुवा रोप्ने गरेका छन् । तर यहाँ गाउँमा भैरहेका फलफूलका बोट नै मासेर बाँदर धपाउने उपाय रचिनु कानुनी र बातावरणको दृष्टिले समेत अवैध धन्दा हो । यसलाई व्यक्तिको निजी सम्पत्ति लुटपाट मुद्धा आकर्षित हुने डीभीजन वन कार्यालय स्याङ्जाका प्रमुख होमवहादुर वल्छोडीले वताए । उनले भने सामुदायिक बनका रुख जथाभावि काटेमा बन मुद्धा आकर्षित हुने तर व्यक्तिको निजी सम्पत्ति भित्रका रुख कटान गर्दा सिधै सम्पत्ति लुटपाट मुद्धा आकर्षित हुने वताए । यसमा असहमति हुने कुनै पनि समाजको सदस्य सिधै अदालत जानसक्ने र क्षतिको यकिन गरि संवन्धित ब्यक्तिबाट क्षतिपूर्ति भराउन सकिने उनले जानकारी दिएका छन् । केही दिन अघि कार्यालयमा एक जना व्यक्ति यस्तै उजुरी लिएर आएको र उनलाई पनि यही सुझाव दिएको उनले वताए ।
के रुख विरुवाले चट्याङ पर्ने सम्भावना हुन्छ ?
गाउँमा घरको आसपासमा रहेका ठूला रुख विरुवा बाउ बाजेका पालादेखि कै हुन् । ती घाँसे बोट तथा अन्य काठहरु घरको रक्षा कवचको रुपमा रहने गरेको वातावरण संरक्षणकर्मीहरुको भनाई छ । जब आकाशमा विजुली चम्किन्छ तब रुख बिरुवाले चट्याङ सोस्ने र घरमा चट्याङ पर्ने भयबाट वचाउने उनीहरुको दावी छ । वल्र्ड कन्जरर्भेसन जर्नलका अनुसार घरको नजिकै रहेका ठूला रुखहरुले घरमा पर्ने चट्याङ रोक्ने भूमिका खेलेका हुन्छन् । घर वरिपरि रुख विरुवा छैनन् भने आकाश चम्किँदा सिधै घरमा पर्ने जोखिम रहन्छ ।
अर्कोतर्फ वातावरणको दृष्टिकोणले बोटविरुवा तथा फलफूलका विरुवा कटानी गर्दा गाउँ नै मरुभूमि वन्न सक्ने खतरा रहन्छ । जहाँ बोट विरुवा मासिन्छ त्यहाँ कालान्तरमा पानीको अभाव हुन सक्ने संरक्षण विद्धहरुको भनाई छ ।