भाद्र १५ गते २०७८

अर्को पार्टी बनाएर माधव नेपालले गल्ती गर्नुभयोस् युवराज ज्ञवाली

सुर्खेत,१५ भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एउटै विचारमा चल्ने गरी अर्को पार्टी दर्ता गरेर माधवकुमार नेपालले गल्ती गरेको बताएका छन्।

ष्लखयतभअज
प्रदेशका कार्यक्रममा भाग लिन कर्णाली प्रदेशमा आएका उपाध्यक्ष ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अहिले नेपालले दर्ता गरेको नेकपा ९एकीकृत समाजवादी० बारे भोलि जनतालाई स्पष्ट पार्न उनलाई नै गाह्रो पर्ने बताए।

‘उहाँले अर्को पार्टी बनाएर ठूलो गल्ती गर्नुभएको छ, एउटै विचार र सिद्धान्तमा चलेर अर्को पार्टी बनाउनु जायज होइन,’ उनले भने।

हिजो भएका गल्ती कमजोरीलाई आधार बनाएर पार्टीलाई विभाजन गरिएको बताउँदै ज्ञवालीले सच्चिइसकेका हिजोका गल्तीलाई बिर्सिएर अगाडि बढ्न आग्रह गरे।