मंसिर १३ गते २०७९

विश्वकप प्रसारणमा भद्रगोल

काठमाडौँ , १३ मंसिर । विश्वकप फुटबल प्रत्यक्ष प्रसारणका लागि आवश्यक पूर्वतयारी नगरिएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढ्न थालेका छन् । शुल्क तिर्नै समस्या भएको, प्रतियोगिताको प्रसारण गुणस्तरीय नभएको, प्रि–म्याच शो गतिलो नभएको, कार्यक्रम अड्किने गरेको, आवाज नआउने, कमेन्ट्री र खेल ‘सिंक’ नभएको जस्ता गुनासा दर्शकहरूले गरिरहेका छन् । टीभीबाट सहज तरिकाले खेल हेर्न नपाएपछि कतिपय खेलप्रेमी पाइरेटेड ९अनधिकृत० माध्यमबाट पनि खेल हेर्न बाध्य छन् ।

संसारका अन्य भू–भागमा जस्तै नेपालमा पनि चार वर्षमा एकपल्ट आउने विश्वकप फुटबलले एक किसिमको उत्सव ल्याउने गर्छ । प्रतियोगिता नजिकिएसँगै विभिन्न देशका समर्थकबीच सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमा हुने ‘कुन टिम उत्कृष्ट छ रु’ भन्ने लगायत बहसले फुटबलमय माहोल सिर्जना गर्छ । अरू बेला फुटबल खासै नहेर्ने सर्वसाधारण खेलप्रेमीलाई पनि विश्वकपको ज्वरोले छोएको हुन्छ । अन्य विश्वकपमा झैं यसपालि पनि अपेक्षित रूपमा सार्वजनिक चासोसँगै उद्घाटनका दिनसम्म पनि एउटा भिन्नै खाले अन्योल देखापरेको थियो ।

‘हिमालय एचडीको ब्रोडकास्ट कस्तो झुर,’ ट्वीटरमा विस्मृत नामक प्रयोगकर्ताले लेखेका छन्, ‘ब्रोडकास्ट स्मुथ नै छैन । हल्का अड्किरहेको जस्तो देखिन्छ । विश्वकप अनुभव झुर गर्दिने भयो । २७ मिनेटको खेल भइसक्दा तीन पटक अड्केर रिस्टार्ट गर्नुपर्‍यो ।’ अर्का प्रयोगकर्ता सुभाष थापाले विश्वकपको दोस्रो दिन ई–सेवाबाट पैसा तिरे पनि टीभीमा हिमालय प्रिमियम च्यानल नआएको बारे डिसहोमलाई ट्याग गर्दै जिज्ञासा राखेका छन् ।

विश्वकप फुटबल प्रत्यक्ष प्रसारणका लागि आवश्यक पूर्वतयारी नगरिएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढ्न थालेका छन् । शुल्क तिर्नै समस्या भएको, प्रतियोगिताको प्रसारण गुणस्तरीय नभएको, प्रि–म्याच शो गतिलो नभएको, कार्यक्रम अड्किने गरेको, आवाज नआउने, कमेन्ट्री र खेल ‘सिंक’ नभएको जस्ता गुनासा दर्शकहरूले गरिरहेका छन् । टीभीबाट सहज तरिकाले खेल हेर्न नपाएपछि कतिपय खेलप्रेमी पाइरेटेड ९अनधिकृत० माध्यमबाट पनि खेल हेर्न बाध्य छन् ।