पोखरा, १६ जेठ आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एअर को विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जोमसोमबा १०ः१५ बजे अवतरण गर्ने तालिका भए पनि घोडेपानीबाट १०ः०७ बजे अन्तिमपटक जोमसोम विमानस्थल कन्ट्रोल टावरसँग सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कविहीन भएको जहाजलाई सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा क्षतविक्षत अवस्थामा दुर्घटनाग्रस्त भेटिएको थियो । जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ ।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज दुर्घटनामा परेको हो ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेका छन
चालक दलका सदस्यहरु १।क्याप्टेन प्रभाकर घिमिरे २। उत्सव पोखरेल ३। एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु १। बान्देकर वैसवी २।इन्द्रबहादुर गोले ३।पुरुषोत्तम गोले ४।राजनकुमार गोले ५।मेइक ग्रीटग्राफ ६।बसन्त लामा ७।गणेश नारायण श्रेष्ठ ८।रवीना श्रेष्ठ ९।रश्मी श्रेष्ठ १०।रोजिना श्रेष्ठ ११।प्रकाश सुनुवार १२।मकरबहादुर तामाङ १३।राममाया तामाङ १४।सुकुमाया तामाङ १५।तुलसादेवी तामाङ १६।अशोककुमार त्रिपाठी १७।धनुश त्रिपाठी १८।ऋतिका त्रिपाठी १९।वी विलनर
चैत्र २४, काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ। मलङ्गवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली...
Read More
२० चैत्र, कास्कीपुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदी बन्धुहरुले, संस्थाको स्थापना दिवस को अवसर पारेर तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेका...
Read More
पोखरा, १ जेठ । नेपालपत्रकार महासंघ कास्कीकाअध्यक्षविमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कारप्रदानगरिने भएको छ । नेपाल प्रेस युनियनकास्कीशाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदानगर्न लागिएको हो ।पुरस्कार...
Read More
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १०...
Read More