भाद्र ६ गते २०७८

महाधिवेशन र स्थानीय चुनावलक्षित गतिविधि अघि बढाउन एमाले महासचिवको निर्देशन

काठमाडौं, ६ भाद्र । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब महाधिवेशन र स्थानीय चुनावलाई लक्षित गरेर तलैसम्म गतिविधि सञ्चालन गर्न कार्यकर्तापंक्तिलाई निर्देशन दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले माधव नेपालको माओवादीकरण र जसरी पनि एमाले सिध्याउने उद्देश्य रहेका कारण एउटा सानो समूह पार्टीमा अटाउन नसकेर बाहिरिएको बताए । पोखरेलले पार्टी आमरूपमा एकढिक्का रहने र १० बुँदे सहमति कार्यन्वयन गर्दै अघि बढ्ने बताए । अब एमालेको दशौं महाधिवेशन र स्थानीय चुनावलाई केन्द्रित गरिने र पार्टी अझ बलियो बन्ने र लाखौं लाख नयाँ मान्छेहरू थपिने दावी उनको थियो ।