पौष २५ गते २०७७

काठमाडौंमा धोती जुलुस

काठमाडौं,२५ पुष ।

काठमाडौंमा शनिवार धोती जुलुस निकालिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले मधेशीहरुको धोती जुलुस निकालेको हो ।
बबरमहलबाट शुरु भएको जुलुसको नेतृत्व नेकपा केन्द्रीय सदस्य योगनारायण यादव तथा युवा संघका नेताहरु सन्जिव झा र शम्भु साह लगायतले गरेका थिए । युवा संघका संस्थापक अध्यक्ष केपी ओलीको समर्थनमा मधेशी समुदायले जनकपुरमा प्रदर्शनपछि काठमाडौंमा धोती जुलुस निकालिएको शम्भु साहले बताए ।