पोखरा, १६ जेठ आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एअर को विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जोमसोमबा १०ः१५ बजे अवतरण गर्ने तालिका भए पनि घोडेपानीबाट १०ः०७ बजे अन्तिमपटक जोमसोम विमानस्थल कन्ट्रोल टावरसँग सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कविहीन भएको जहाजलाई सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा क्षतविक्षत अवस्थामा दुर्घटनाग्रस्त भेटिएको थियो । जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ ।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज दुर्घटनामा परेको हो ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेका छन
चालक दलका सदस्यहरु १।क्याप्टेन प्रभाकर घिमिरे २। उत्सव पोखरेल ३। एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु १। बान्देकर वैसवी २।इन्द्रबहादुर गोले ३।पुरुषोत्तम गोले ४।राजनकुमार गोले ५।मेइक ग्रीटग्राफ ६।बसन्त लामा ७।गणेश नारायण श्रेष्ठ ८।रवीना श्रेष्ठ ९।रश्मी श्रेष्ठ १०।रोजिना श्रेष्ठ ११।प्रकाश सुनुवार १२।मकरबहादुर तामाङ १३।राममाया तामाङ १४।सुकुमाया तामाङ १५।तुलसादेवी तामाङ १६।अशोककुमार त्रिपाठी १७।धनुश त्रिपाठी १८।ऋतिका त्रिपाठी १९।वी विलनर
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा...
Read More
पोखरा, ३० असोज । गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे...
Read More
संखुवासभा, ४ असोज । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य...
Read More
गोविन्द तिमिल्सिना हेमजा, ११ चैत बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५...
Read More