पोखरा, १६ जेठ आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एअर को विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जोमसोमबा १०ः१५ बजे अवतरण गर्ने तालिका भए पनि घोडेपानीबाट १०ः०७ बजे अन्तिमपटक जोमसोम विमानस्थल कन्ट्रोल टावरसँग सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कविहीन भएको जहाजलाई सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा क्षतविक्षत अवस्थामा दुर्घटनाग्रस्त भेटिएको थियो । जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ ।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज दुर्घटनामा परेको हो ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेका छन
चालक दलका सदस्यहरु १।क्याप्टेन प्रभाकर घिमिरे २। उत्सव पोखरेल ३। एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु १। बान्देकर वैसवी २।इन्द्रबहादुर गोले ३।पुरुषोत्तम गोले ४।राजनकुमार गोले ५।मेइक ग्रीटग्राफ ६।बसन्त लामा ७।गणेश नारायण श्रेष्ठ ८।रवीना श्रेष्ठ ९।रश्मी श्रेष्ठ १०।रोजिना श्रेष्ठ ११।प्रकाश सुनुवार १२।मकरबहादुर तामाङ १३।राममाया तामाङ १४।सुकुमाया तामाङ १५।तुलसादेवी तामाङ १६।अशोककुमार त्रिपाठी १७।धनुश त्रिपाठी १८।ऋतिका त्रिपाठी १९।वी विलनर
पोखरा , वैशाखपोखरा २२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञ सुरु भएको छ ।पुम्दीकोट बिशालमहादेवको मुर्ति परियोजनाअन्र्तगतअधुरा कार्य सम्पन्नगर्न र समितिको करिब ३...
Read More
पोखरा बाग्लुङ्ग जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जा खण्ड ,धान फल्ने खेतमा घर फलिरहेका हेर्दै माछापच्छ«े खुलेर हासेको छ ।तस्विरः दुर्गा प्रसाद पौडेल
Read More
पोखरा, ०५ जेठ । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी...
Read More
काठमाण्डौ,२८ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।पुतली सडक, पद्मोदयमोड,...
Read More