२० बैशाख,पोखरा इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकारले यो पर्वको निर्धारण गर्ने गर्दछ । इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गर्दछन्। जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र ईद उल फितर पर्वको प्रारम्भ हुने गर्छ ।
इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
ईद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई कम वा सानो ईद भनेर चिनिन्छ जब ईद अल अधा चार दिन लामो हुन्छ र बृहत्तर ईद भनेर चिनिन्छ।
ईदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर ईद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेला मा जम्मा भइ एक आपसमा शुभकामना आदान–प्रदान गर्ने गर्दछन ।
आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै ईद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने ईदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ । ईदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ । नेपालमा पनि यस दिन सार्वजनिक विदा दिने गर्दछ ।
पोखरा, माघ २८ गते । साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको...
Read More
पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार...
Read More
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले राहतकोष वृद्धिका लागी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। २०७० साल देखी स्थापना भएको फोटोग्राफर राहत कोषमा बिभिन्न समयमा आर्थिक सहयोग उठाई फोटोग्राफरको...
Read More
पोखरा, १३ चैत पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । भरखरै सम्पन्न निर्वाचनवाट नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् । बालेन सरकारमा गण्डकी...
Read More