२० बैशाख,पोखरा इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकारले यो पर्वको निर्धारण गर्ने गर्दछ । इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गर्दछन्। जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र ईद उल फितर पर्वको प्रारम्भ हुने गर्छ ।
इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
ईद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई कम वा सानो ईद भनेर चिनिन्छ जब ईद अल अधा चार दिन लामो हुन्छ र बृहत्तर ईद भनेर चिनिन्छ।
ईदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर ईद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेला मा जम्मा भइ एक आपसमा शुभकामना आदान–प्रदान गर्ने गर्दछन ।
आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै ईद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने ईदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ । ईदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ । नेपालमा पनि यस दिन सार्वजनिक विदा दिने गर्दछ ।
लेखनाथ, १८ चैत्र । लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य...
Read More
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी...
Read More
पोखरा, भाद्र गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा कामनगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ। वुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार शहररी तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव सहितलाई...
Read More
पुम्दी भुम्दीका किसानलाई कृषि सामाग्री हस्तान्तरण पोखरा १७, चैत गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको छ ।...
Read More