वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)
फल्गुन १०, २०७८ , जय प्रकाश
साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोलापोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले बताउनुभयो ।
बेलायती राजदुत निकोला पोलिट
राजदूत पोलिटले साईकल सिटीका सदस्यहरु सँगै पोखरको ताल वरिपरी दृश्यावलोकन गर्दा “यात्रा साह्रै रमाइलो अनि रोमान्चक भएको र कोभिड्-१९ को कारणले बिश्वब्यापी रुपमै पर्यटन क्षेत्रमा परेको गम्भीर असरलाई यस किसीमको साईकल मार्गले पोखरा आउने पर्यटकको बसाई समेत लम्वाउने विश्वास व्यक्त गर्नुभयो ।
बेगनास, पोखरी
सो कार्यक्र्म साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाको नेतृत्वमा लेखनाथको लामास्वाराँ देखि रामदी,सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गर्नुभएको र राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने साथै पोखरा महनगर पालिकाबाट हालै बिनियोजित ३० लाखको बजेतलाई साईकल सिटीको परिकल्पना अनुसार पोखरामा साईकल लेन चाडै बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष, अभिषेक कोइराला, बेगनास , पोखरी
साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले साईकल मैत्री शहर पाेखराको अबधारणा अनुसार पोखरामा १४ स्थानमा २१ वटा साईकल स्टाण्ड राखिएको साथै ८५ कि मि साईकल रुटको प्राजेक्टमा काम भैरहेको जानकारी दिनुभयो ।
साइकल सिटी पाेखराका उपाध्यक्ष राजन गाेङ्गजुले राजदुत पोलिटलाई पाेखरामा साईकल लेनकाे आवश्यकता र महत्त्वबारे जानकारी दिदै स्वागत गर्नु भएकाे थियाे।
सचिव जय गुरुङ्ग , उपाध्यक्ष राजन गाेङ्गजु, बेगनास , सुन्दरी डाडा
कार्यक्रम संचालक तथा साईकल सिटि पोखराका सचिव जय गुरुङले पोखरालाई साईकल मैत्री शाहरको रुपमा बिकास गर्न साईकल सिटी पोखराले हरेक बर्ष ‘टुर दी-पोखरा’ संगै “नयाँ बर्ष, नयाँ गन्तव्य” जस्ता कार्यक्रम पनि गर्दै आईरहेको जानाकारी गराउनु भयो ।
रुकुम पश्चिम, ०९ मंसिर । । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले...
Read More
काठमाडौं महानगरपालिकाको एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्। सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले यस्तो बताएका हुन्। ‘यो...
Read More
आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य फोटोः बिश्व...
Read More
हेमजा २८ साउनहेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ ।पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक...
Read More