वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)
फल्गुन १०, २०७८ , जय प्रकाश
साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोलापोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले बताउनुभयो ।
बेलायती राजदुत निकोला पोलिट
राजदूत पोलिटले साईकल सिटीका सदस्यहरु सँगै पोखरको ताल वरिपरी दृश्यावलोकन गर्दा “यात्रा साह्रै रमाइलो अनि रोमान्चक भएको र कोभिड्-१९ को कारणले बिश्वब्यापी रुपमै पर्यटन क्षेत्रमा परेको गम्भीर असरलाई यस किसीमको साईकल मार्गले पोखरा आउने पर्यटकको बसाई समेत लम्वाउने विश्वास व्यक्त गर्नुभयो ।
बेगनास, पोखरी
सो कार्यक्र्म साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाको नेतृत्वमा लेखनाथको लामास्वाराँ देखि रामदी,सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गर्नुभएको र राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने साथै पोखरा महनगर पालिकाबाट हालै बिनियोजित ३० लाखको बजेतलाई साईकल सिटीको परिकल्पना अनुसार पोखरामा साईकल लेन चाडै बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष, अभिषेक कोइराला, बेगनास , पोखरी
साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले साईकल मैत्री शहर पाेखराको अबधारणा अनुसार पोखरामा १४ स्थानमा २१ वटा साईकल स्टाण्ड राखिएको साथै ८५ कि मि साईकल रुटको प्राजेक्टमा काम भैरहेको जानकारी दिनुभयो ।
साइकल सिटी पाेखराका उपाध्यक्ष राजन गाेङ्गजुले राजदुत पोलिटलाई पाेखरामा साईकल लेनकाे आवश्यकता र महत्त्वबारे जानकारी दिदै स्वागत गर्नु भएकाे थियाे।
सचिव जय गुरुङ्ग , उपाध्यक्ष राजन गाेङ्गजु, बेगनास , सुन्दरी डाडा
कार्यक्रम संचालक तथा साईकल सिटि पोखराका सचिव जय गुरुङले पोखरालाई साईकल मैत्री शाहरको रुपमा बिकास गर्न साईकल सिटी पोखराले हरेक बर्ष ‘टुर दी-पोखरा’ संगै “नयाँ बर्ष, नयाँ गन्तव्य” जस्ता कार्यक्रम पनि गर्दै आईरहेको जानाकारी गराउनु भयो ।
पोखरा, ३० माघ । पोखरामा प्रणय दिवस ९भ्यालेन्टाइन्स डे०मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको...
Read More
पोखरा, १७ साउन पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो...
Read More
काठमाडौं, १२ मंसिर । हिमालय आँखा अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित हुनुभएको छ। युनियनको शनिबार पोखरामा सम्पन्न सातौं अधिवेशनले...
Read More
नेपालको प्रदेश नं ४ अन्तर्गत कास्की जिल्लाका पाँच स्थानीय तह मध्ये माछापुच्छ्रे गाउँपालिका एक हो । समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ...
Read More