वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)
फल्गुन १०, २०७८ , जय प्रकाश
साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोलापोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले बताउनुभयो ।
बेलायती राजदुत निकोला पोलिट
राजदूत पोलिटले साईकल सिटीका सदस्यहरु सँगै पोखरको ताल वरिपरी दृश्यावलोकन गर्दा “यात्रा साह्रै रमाइलो अनि रोमान्चक भएको र कोभिड्-१९ को कारणले बिश्वब्यापी रुपमै पर्यटन क्षेत्रमा परेको गम्भीर असरलाई यस किसीमको साईकल मार्गले पोखरा आउने पर्यटकको बसाई समेत लम्वाउने विश्वास व्यक्त गर्नुभयो ।
बेगनास, पोखरी
सो कार्यक्र्म साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाको नेतृत्वमा लेखनाथको लामास्वाराँ देखि रामदी,सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गर्नुभएको र राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने साथै पोखरा महनगर पालिकाबाट हालै बिनियोजित ३० लाखको बजेतलाई साईकल सिटीको परिकल्पना अनुसार पोखरामा साईकल लेन चाडै बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष, अभिषेक कोइराला, बेगनास , पोखरी
साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले साईकल मैत्री शहर पाेखराको अबधारणा अनुसार पोखरामा १४ स्थानमा २१ वटा साईकल स्टाण्ड राखिएको साथै ८५ कि मि साईकल रुटको प्राजेक्टमा काम भैरहेको जानकारी दिनुभयो ।
साइकल सिटी पाेखराका उपाध्यक्ष राजन गाेङ्गजुले राजदुत पोलिटलाई पाेखरामा साईकल लेनकाे आवश्यकता र महत्त्वबारे जानकारी दिदै स्वागत गर्नु भएकाे थियाे।
सचिव जय गुरुङ्ग , उपाध्यक्ष राजन गाेङ्गजु, बेगनास , सुन्दरी डाडा
कार्यक्रम संचालक तथा साईकल सिटि पोखराका सचिव जय गुरुङले पोखरालाई साईकल मैत्री शाहरको रुपमा बिकास गर्न साईकल सिटी पोखराले हरेक बर्ष ‘टुर दी-पोखरा’ संगै “नयाँ बर्ष, नयाँ गन्तव्य” जस्ता कार्यक्रम पनि गर्दै आईरहेको जानाकारी गराउनु भयो ।
सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले माघे सक्रान्ती दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू...
Read More
पोखरा, २७ पुस । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी...
Read More
पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति...
Read More
पोखरा २९ बैशाख नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको...
Read More