वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)
फल्गुन १०, २०७८ , जय प्रकाश
साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोलापोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले बताउनुभयो ।
बेलायती राजदुत निकोला पोलिट
राजदूत पोलिटले साईकल सिटीका सदस्यहरु सँगै पोखरको ताल वरिपरी दृश्यावलोकन गर्दा “यात्रा साह्रै रमाइलो अनि रोमान्चक भएको र कोभिड्-१९ को कारणले बिश्वब्यापी रुपमै पर्यटन क्षेत्रमा परेको गम्भीर असरलाई यस किसीमको साईकल मार्गले पोखरा आउने पर्यटकको बसाई समेत लम्वाउने विश्वास व्यक्त गर्नुभयो ।
बेगनास, पोखरी
सो कार्यक्र्म साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाको नेतृत्वमा लेखनाथको लामास्वाराँ देखि रामदी,सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गर्नुभएको र राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने साथै पोखरा महनगर पालिकाबाट हालै बिनियोजित ३० लाखको बजेतलाई साईकल सिटीको परिकल्पना अनुसार पोखरामा साईकल लेन चाडै बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष, अभिषेक कोइराला, बेगनास , पोखरी
साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले साईकल मैत्री शहर पाेखराको अबधारणा अनुसार पोखरामा १४ स्थानमा २१ वटा साईकल स्टाण्ड राखिएको साथै ८५ कि मि साईकल रुटको प्राजेक्टमा काम भैरहेको जानकारी दिनुभयो ।
साइकल सिटी पाेखराका उपाध्यक्ष राजन गाेङ्गजुले राजदुत पोलिटलाई पाेखरामा साईकल लेनकाे आवश्यकता र महत्त्वबारे जानकारी दिदै स्वागत गर्नु भएकाे थियाे।
सचिव जय गुरुङ्ग , उपाध्यक्ष राजन गाेङ्गजु, बेगनास , सुन्दरी डाडा
कार्यक्रम संचालक तथा साईकल सिटि पोखराका सचिव जय गुरुङले पोखरालाई साईकल मैत्री शाहरको रुपमा बिकास गर्न साईकल सिटी पोखराले हरेक बर्ष ‘टुर दी-पोखरा’ संगै “नयाँ बर्ष, नयाँ गन्तव्य” जस्ता कार्यक्रम पनि गर्दै आईरहेको जानाकारी गराउनु भयो ।
असोज १७ ,पोखरालायन्स क्लव अफ पोखरा ग्यालेक्सी ले स्याङ्गजा फेदीखोलामा रहेको अमोर सेवा नेपाल बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न बितरण गरेको छ ।प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बि १...
Read More
पोखरा,२८ चैत । १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल...
Read More
पोखरा, ८ चैत रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार...
Read More
माघ २८,काठमाडौं पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड...
Read More