१० भाद्र ,पोखरा पोखरा फोटोग्राफर संघमा आबद्ध महिला सदस्य तथा पदेन सदस्य र पोखरा फोटोग्राफर संघ परिवारले यस वर्षको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको केही रकम कटौती गरि अपाङ्गलाई सहयोग गरेको छ । पोखरा फोटोग्राफर संघले वर्षेनी गर्ने तिज कार्यक्रम अन्तरगत यस वर्ष नेपाल अपाङ्ग समाज सेवा संघका अपाङ्गलाई आफ्नो कार्यलयमा राखिएको आर्थिक सहयोग दान पेटिकामा संकलित रकमबाट रु १५ हजार बराबरको अत्यावश्यक सामाग्री खरिद गरी सो सहयोग सामाग्री शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । संस्थाले २०७० साल देखी कार्यालयमा दान पेटिका राखी आर्थिक संकलन गर्ने र संकलित रकमलाई हरेक वर्ष हरितालिका तिजको समय पारेर असाहय तथा गरिवलाई हस्तान्तरण गर्ने कार्य गर्दै आएकोमा यस पटक पनि दोहोर्एको बारे कार्यक्रम संयोजक नन्दकला पौडेलले स्पस्ट पारिन ।
पोखरा फोटोग्राफर संघको हालै निर्वाचित कार्यसमितीको पहलमा भएको सो कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध सदस्य तथा पदेन सदस्यहरुको भेलाबाट आगामी कार्यकालका लागि नया महिला उपसमिति पनि छनोट गरिएको छ । रिता पौडेलको संयोजकत्वमा बनेको पोखरा फोटोग्राफर संघ महिला उपसमितीका उपसंयोजक डेक कुमारी के सी जलारी, सचिव मिरु लम्साल, कोषाध्यक्ष बबिता पौडेल र सदस्यहरुमा भागिरथी बाटाजू, सरिता अधिकारी, माया थापा, उमा शाही, कमला पौडेल, गोमा आचार्य, तारा पोख्रेल, श्रृजना सुबेदी, पवित्रा घले रहेका छन ।
शुक्रबार साइमन पार्टी प्यालेसमा भएको सहयोग हस्तान्तरण तथा तिज शुभकामना आदनप्रदान र नया उपसमिती गठन कार्यक्रममा संस्थाका बर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल तथा भूपु अध्यक्ष बलराम शर्मा, महिला उपसमिती पूर्व संयोजक तिर्थ श्रेष्ठ, निवर्तमान संयोजक शान्ति सुबेदीले आफ्नो मन्तब्य राखेका थिए । सोही कार्यक्रममा नेपाल अपाङ्ग समाज सेवा संघका प्रतिनिधीले महिलाहरुले आफ्नो दर खाने खर्च कटौती गरेर गरिएको सो सहयोगको प्रसंसा गरेका थिए । पोखराका महिला तथा पुरुष फोटोग्राफरहरु उपस्थित रहेको सो कार्यक्रममा तिज गित र नाचगान गरिे यस वर्षको तिज मनाएका छ । उक्त कार्यक्रमका लागि पोखरा फोटोग्राफर संघका वर्तमान उपाध्यक्ष भक्त तामाङ्गले रु ५ हजार सहयोग प्रदान गरेका थिए ।
फागुन १५,पोखरा मौलिक कला संस्कृतिदेखि भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छः मेयर आचार्य । पोखराः पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस...
Read More
काठमाडौं,४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ९कोभिड–१९० को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले...
Read More
श्रावण १५,पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह...
Read More
पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको...
Read More