१० भाद्र ,पोखरा पोखरा फोटोग्राफर संघमा आबद्ध महिला सदस्य तथा पदेन सदस्य र पोखरा फोटोग्राफर संघ परिवारले यस वर्षको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको केही रकम कटौती गरि अपाङ्गलाई सहयोग गरेको छ । पोखरा फोटोग्राफर संघले वर्षेनी गर्ने तिज कार्यक्रम अन्तरगत यस वर्ष नेपाल अपाङ्ग समाज सेवा संघका अपाङ्गलाई आफ्नो कार्यलयमा राखिएको आर्थिक सहयोग दान पेटिकामा संकलित रकमबाट रु १५ हजार बराबरको अत्यावश्यक सामाग्री खरिद गरी सो सहयोग सामाग्री शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । संस्थाले २०७० साल देखी कार्यालयमा दान पेटिका राखी आर्थिक संकलन गर्ने र संकलित रकमलाई हरेक वर्ष हरितालिका तिजको समय पारेर असाहय तथा गरिवलाई हस्तान्तरण गर्ने कार्य गर्दै आएकोमा यस पटक पनि दोहोर्एको बारे कार्यक्रम संयोजक नन्दकला पौडेलले स्पस्ट पारिन ।
पोखरा फोटोग्राफर संघको हालै निर्वाचित कार्यसमितीको पहलमा भएको सो कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध सदस्य तथा पदेन सदस्यहरुको भेलाबाट आगामी कार्यकालका लागि नया महिला उपसमिति पनि छनोट गरिएको छ । रिता पौडेलको संयोजकत्वमा बनेको पोखरा फोटोग्राफर संघ महिला उपसमितीका उपसंयोजक डेक कुमारी के सी जलारी, सचिव मिरु लम्साल, कोषाध्यक्ष बबिता पौडेल र सदस्यहरुमा भागिरथी बाटाजू, सरिता अधिकारी, माया थापा, उमा शाही, कमला पौडेल, गोमा आचार्य, तारा पोख्रेल, श्रृजना सुबेदी, पवित्रा घले रहेका छन ।
शुक्रबार साइमन पार्टी प्यालेसमा भएको सहयोग हस्तान्तरण तथा तिज शुभकामना आदनप्रदान र नया उपसमिती गठन कार्यक्रममा संस्थाका बर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल तथा भूपु अध्यक्ष बलराम शर्मा, महिला उपसमिती पूर्व संयोजक तिर्थ श्रेष्ठ, निवर्तमान संयोजक शान्ति सुबेदीले आफ्नो मन्तब्य राखेका थिए । सोही कार्यक्रममा नेपाल अपाङ्ग समाज सेवा संघका प्रतिनिधीले महिलाहरुले आफ्नो दर खाने खर्च कटौती गरेर गरिएको सो सहयोगको प्रसंसा गरेका थिए । पोखराका महिला तथा पुरुष फोटोग्राफरहरु उपस्थित रहेको सो कार्यक्रममा तिज गित र नाचगान गरिे यस वर्षको तिज मनाएका छ । उक्त कार्यक्रमका लागि पोखरा फोटोग्राफर संघका वर्तमान उपाध्यक्ष भक्त तामाङ्गले रु ५ हजार सहयोग प्रदान गरेका थिए ।
काठमाडौं, ८ असोज ।नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिनदेखि जारी सत्याग्रहमा फोटो पत्रकार समूहले पनि ऐक्यवद्धता जनाएको छ । आफ्नो श्रमको...
Read More
बुटवल, ५ असोज । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन...
Read More
पोखरा, ०१ असार ।कोरोना भाइरसले फेरि रुप बदलेको छ । दोस्रो लहरमा खतरनाक मानिएको डेल्टा भेरियन्ट अझै बढी आक्रामक बनेर आएको हो । भारत, बेलायतलगायतका देशमा रूप बदलेको कोरोना...
Read More
काठमाडाैं ,९ माघ। बिभाजित नेकपाको प्रचण्ड–माधव समूहले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ । पुस ५ गते प्रतिनिधिसभा विघटन...
Read More