पौष २५ गते २०७७

वामदेव गौतमद्वारा एकता राष्ट्रिय अभियानको घोषणा

काठमाडौँ,२५ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।

आफ्नो वक्तव्यमा उनले शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको स्थितिमा आइपुगेकाले नेताहरुलाई एकताका पक्षमा खबरदारी गर्न र पार्टी एकताका पक्षमा उभिन दबाब दिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

उनले पार्टी विभाजनको अवस्थामा आइ पुग्नुका पछाडि दुवै अध्यक्षहरु ९केपी शर्मा ओली र पुष्पकमल दाहाल० उत्तिकै जिम्मेबार रहेको बताएका छन्।