उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी
भदौ २५, २०७६
काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ।
‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भने, ‘यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुन: दल दर्ताको काम फत्ते गर्ने जिम्मा पौडेललाई दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो।
११ असोज, पोखरा पोखराको पुरानो संस्था पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिबेशनवाट निर्वाचित कार्य समितिलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ...
Read More
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह स्थल नारायणी किनारमा उर्लिएको मानव समुन्द्र तस्विरः निरोज भण्डारी/दुर्गा प्रसाद पौडेल
Read More
२३ असार, गोरखा गाउँनै सखाप हुने गरि आएको बिनासकारी भुकम्पले बस्ती नै सखाप त पार्यो नै ७२ जना ले भुकम्पमा परि ज्यान गुमाएका थिए गोरखाको बारपाकमा । गोरखाको उत्तर...
Read More
काठमाडौं, ९ माघ । सत्तारुढ नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौंमा पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले...
Read More