उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी
भदौ २५, २०७६
काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ।
‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भने, ‘यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुन: दल दर्ताको काम फत्ते गर्ने जिम्मा पौडेललाई दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो।
दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल...
Read More
जीवन सधै एकनास हुदैन।जीवनमा कहिले उकाली आउंछन,कहिले ओराली र कहिले घुम्ती मोडहरू प्राय आइनै रहन्छन।जसको दिमाग स्वस्थ हुन्छ,उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ।दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ...
Read More
नेपाल आयल निगमले संविधान दिवसको मौका पारेर उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ ।...
Read More
पोखरा महानगरपालिकाको नयाँ लोगो तयार भएको छ । महानगरको नयाँ लोगो पोखरा महानगरपालिका वडा नं. १० निवासी रीक गुरुङले निर्माण गरेका हुन् । गुरुङद्वारा तयार भएको लोगोलाई महानगरको २९औं...
Read More