पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका प्रतियोगिता हुँदैछन् ।
महोत्सवको तयारी स्वरुप खेत हिल्याउने कार्य सम्पन्न भएको भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
कृषकको चाडको रुपमा सञ्चालन हुने यस महोत्सवले कृषि क्षेत्रका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको सामाजकी उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्र्रकला पोख्रेलले बताइन ।
‘कृषिमा कृषकलाई प्रोत्साहनस् विष्णुपादुका मन्दिर हेमजाको सान’ भन्ने नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ जसमा विभिन्न स्थानीय कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ।
पोखरा महानगरपालिका वडा नं २५ हेम्जाकी का।वा। वडा अध्यक्ष तथा कार्यपालिका सदस्य धन कुमारी पोख्रेल तिम्सिनाज्युको प्रमुख अतिथियतामा कार्यक्रमको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । असार १५ गते बिहान ठिक ९ः३० बजे विष्णुपादुका माई स्थान मन्दिर बाट सुरु हुने झाकी देविस्थान मार्ग हुँदै मिलचोक परिकमा गरी महोत्सव स्थल पुग्ने छ ।
चैत्र २४ ,पोखरा रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तर ले पराजित गरेको छथ्रिस्टारलाई १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै पुलिसले उपाधि दावेदारी प्रस्तुत गरेको छ । मंगलबार...
Read More
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्नुु पर्ने भन्दै पोखरामा नागरिक हरुले शान्तीपूर्ण धर्ना कार्यक्रम गर्दै
Read More
कमल पौडेल अथकपखरा, २४ चैत्रराप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा जनताले भ्रष्टचारीलाई पाखा लगाउने वताएका छन् । राप्रपा कास्की क्षेत्र नं २ तथा पोखरा वडा नं ८ को पार्टी...
Read More
काठमाडौँ,२१ फागुन । नेकपाका दुई दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सांसदहरू कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी,...
Read More