पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका प्रतियोगिता हुँदैछन् ।
महोत्सवको तयारी स्वरुप खेत हिल्याउने कार्य सम्पन्न भएको भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
कृषकको चाडको रुपमा सञ्चालन हुने यस महोत्सवले कृषि क्षेत्रका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको सामाजकी उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्र्रकला पोख्रेलले बताइन ।
‘कृषिमा कृषकलाई प्रोत्साहनस् विष्णुपादुका मन्दिर हेमजाको सान’ भन्ने नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ जसमा विभिन्न स्थानीय कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ।
पोखरा महानगरपालिका वडा नं २५ हेम्जाकी का।वा। वडा अध्यक्ष तथा कार्यपालिका सदस्य धन कुमारी पोख्रेल तिम्सिनाज्युको प्रमुख अतिथियतामा कार्यक्रमको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । असार १५ गते बिहान ठिक ९ः३० बजे विष्णुपादुका माई स्थान मन्दिर बाट सुरु हुने झाकी देविस्थान मार्ग हुँदै मिलचोक परिकमा गरी महोत्सव स्थल पुग्ने छ ।
काठमाडौं,२१ पुस । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती...
Read More
काठमाडौं, १८ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू(भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको...
Read More
कास्की क्षेत्र नं ३ अन्तरगत हेम्जा गौरिशंकर मतदान केन्द्र अन्तरगत कुल मतदाता संख्या ४ हजार ४३९ र बिष्णुपादुका मतदान केन्द्रमा ३ हजार ५० गरि पोखरा २५ हेम्जाको कुल मतदाता...
Read More
कमल पौडेल अथक पोखरा २०, भदौ पोखरा महानगरपालिका कर्मचारी, पूर्व कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली यतिबेला जापान भ्रमणमा गएको छ । यही भदौ १८ गते सो टोली पोखराबाट...
Read More